२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

२ नम्बर वडा सदस्य चौधरीले भालुवाङ्गमा यात्रुहरुलाई खाना खुवाए

Logo
प्रकाशित शनिबार, चैत्र २९, २०७६

(बिदुर एमसी) दाङ चैत २९ भालुवाङ देउखुरीस्थित राप्ती गाउँपालिका वडा नम्बर २ का वडा सदश्य लालबहादुर चौधरीले ८ जना यात्रुलाई खाना खुवाएका छन् । चौधरीले आफ्नो घरमै पकाएर ल्याएको भात, दाल, आलुको तरकारी र अचार ल्याएर भालुवाङ्ग पुल्चोकस्थित राप्ती समितिको काउण्टरनेरकाे यात्रु प्रतिक्षालयमा ती यात्रुहरूको अगाडि राखिदिए । रुपन्देहीको बुटवलबाट पैदलमार्ग हिडेर आएका ती ८ जनाको सङ्ख्यामा रहेका यात्रुहरूले आफ्नै हातमा डाडु पन्यु लिएर थपि थपि खाना खाए ।त्यतिबेलासम्म ती वडा सदश्य चौधरी त्यहीँ उभिएका थिए । जतिबेला सञ्चारकर्मिहरु त्यहाँ पुगेका थिए ।उनीहरू बुटवलबाट आफ्नो घर धेरैजसोले बर्दिया र केहीले कैलाली जाने बताएका छन् । तत्पश्चात त्यहाँ ड्युटीमा तैनाथ सुरक्षाकर्मिहरुले उनीहरूलाई पूर्वतर्फबाट आएको मालवाहक ट्रकमा बसालेर गन्तव्यमा जानका लागि पठाइदिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!