११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

जबर्जस्ती नेपाल छिर्न खोज्ने भारतीय नागरिकलाई रोक्दा झडप

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । दूध लिएर भारतीय नागरिक नेपालतर्फ आउन लागेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा करीब २०–२५ जनाको समूहले सीमापारिबाट ढुङ्गा हान्न थालेपछि झडप भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिनुभयो । झडपका क्रममा ढुङ्गाको चोट लागेर सशस्त्र प्रहरीका जवान राजनकुमार चौधरी घाइते भएका छन् । घाइते चौधरीको निधारमा तीनवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो आफ्नो बुबालाई दूध लिएर नेपालतर्फ पस्न नदिएपछि मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत पुगेर २०–२५ जनाको समूहलाई सीमा क्षेत्रमा ल्याएर ढुङ्गा हान्न लगाएको सशस्त्र प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी […]

झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड हानेको र ‘पैसा चोरी गरेको’ आरोप लगाएको भिडिओ सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन् । गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ । केही सेकेन्डको भिडियो हिजो राति […]

error: Content is protected !!