०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

एम्बुलेन्समा नक्कली बिरामी बोकेको आरोपमा ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

(एबिसी क्राईम ब्युरो)
एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा सल्यानमा एम्बुलेन्स सहित ४ जना पक्राउ परेका छ्न।सरकारले कोरोना भाईरस (कोभिड १९) को संक्रमण हुन नदिन र उच्च स्वास्थ्य सतर्कता अपनाउन गरेको लकडाउनमा झुठो कागजपत्र र नक्कली बिरामी बनाई एम्बुलेन्स दुरुपयोग भएको खबर पाएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गत ३० गते राती १० बजे रुकुमबाट दाङ तर्फ जाँदै गरेको मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङको रा १ च ५१२ नम्बरको एम्बुलेन्स र एम्बुलेन्समा सवार ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
झुठो कागजपत्र र नक्कली बिरामी बनाई यात्रुलाई ओसार पसार गरेको गोप्य सूचनाका आधारमा बागचौर नगरपालिकाको सिमखोलीमा रहेको प्रहरी चेक प्वाइन्टबाट एम्बुलेन्स त्यसमा सवार नक्कली बिरामी सहित ३ जना र चालकलाई पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले बताएका छन ।
पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ३ बस्ने मिनराज सुबेदी, रबिन चौधरी, दिप्तु चौधरी र एम्बुलेन्स चालक शान्तिनगर २ बाघमारेका गिरिराज खत्री रहेको प्रहरिले जनाएको छ। पक्राउ परेकाहरुले चितवनको भरतपुरमा रहेको अस्पतालमा जानको लागि एम्बुलेन्समा सवार एक ब्यक्तिलाई गम्भीर बिरामी बनाई उक्त ब्यक्ति र सवार सम्पुर्णको नाम थर परिवर्तन गरि पास बनाएको प्रहरी प्रमुख खतिवडाले बताए।
पक्राउ परेको एम्बुलेन्स र त्यसमा सवार चालक सहित ३ जना नक्कली ब्यक्तीलाई अहिले ईप्रका थारमारेमा राखिएको छ।उनिहरुलाई लकडाउन उल्लंघन,एम्बुलेन्स दुरुपयोग,नक्कली कागजपत्र बनाएको अभियोगमा मुद्दा चलाउने तयारी भैरहेको र अनुसन्धान जारी रहेको प्रहरिले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।