०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

आगामी मंगलबारदेखि देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक ०६, २०८३

 

बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए।

केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक गर्दै दशैंको टीका र भेटघाटलाई निरन्तरता दिए पनि आगामी साताको सम्भावित वर्षालाई ध्यानमा राखेर योजना बनाउन सुझाव दिएका छन्।

यद्यपि विभिन्न मोडेलले वर्षा हुने स्थान र परिमाणबारे फरक-फरक संकेत देखाएकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]