१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

नेपाल प्रहरीको SSP को बढुवा हुदैं को को हुन त १९ भाग्यमानी SP

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

(एबिसी क्राइम ब्युरो)
काठमाडौं नेपाल प्रहरीमा एसएसपी बढुवाको तयारी सुरु भएको छ । प्रहरीमा रिक्त १९ जना एसएसपी पदको लागी ४० जना एसपी प्रतिस्पर्धामा छन् । प्रहरी मुख्यालयले बढुवामा योग्य रहेका सम्भावित उम्मेदवारहरुको सुची तयार पारेर प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसंग अनौपचारिक छलफल गरिसकेको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले प्रधानमन्त्री केपी ओलीसंग भेटेर यसबारेमा छलफल गरिसकेका छन् ।
नेपाल प्रहरीमा एसएसपी बढुवाको लागी गृहसचिवको अध्यक्षतामा समिति गठन गर्नुपर्ने नियम छ । समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रशासन हेर्ने एआईजी सदस्य सचिव छन् । ‘एसएसपी बढुवाको लागी लगभग सुचि तयार भइसकेको छ । मंगलवार सांझ वा बुधवार बढुवा समितिको बैठक बसेर नाम सिफारीस गर्ने तयारी छ’, गृहस्रोतले काठमाडौंपाटीसंग भन्यो ।
एसएसपीको बढुवापछि एसपी र डिएसपीको बढुवा एकै पटक गर्ने प्रहरी मुख्यालयको तयारी छ । बढुवाको तयारीको लागी नेपाल प्रहरीको कप्रका प्रमुख एसपी जनार्दन जिसी अहिले गृहमन्त्रालयमा छन् ।
बढुवाको लागी प्रतिस्पर्धामा धेरै उम्मेदवार भएकाले पनि समितिलाई बढुवा गर्न सकस परिरहेको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले वरियतामा अघि रहेका र कार्यसम्पादन राम्रो भएका एसपीहरुलाई बढुवा गर्नुपर्ने अडान लिइरहेका छन् ।
एसएसपी बढुवामा अघिल्लो ब्याचबाट एसपीहरु कुवेर कठायत,विरेन्द्र बस्याल, भरत बोहरा,दुर्गा सिंह, किरण राणा, विष्णु कुमार केसी,केदार ढकाल, रविन्द्र केसी राजेश बांस्तोला,सुदिप गिरी, कृष्ण कुमार महत,लालमणी आचार्य र अर्जुन चन्द ठकुरीको बढुवा हुने सम्भावना प्रवल छ । त्यसैगरी पछिल्लो ब्याचबाट एसपी हृदय थापा, सुरेन्द्र मैनाली, अशोक सिंह,चक्र बहादुर सिंह, राजकुमार वैदवार र मुकेश सिंहलाई बढुवा हुने सम्भावना छ ।
पछिल्लो ब्याचका एसपी चन्द्र खापुङ्ग पनि बढुवाको लागी चर्को दौडधुपमा छन् । यसअघि कप्रका प्रमुख रहेका खापुङ्गलाई बढुवा गर्न चर्को दबाव भएपनि उनि बढुवाको लागी योग्य ४१ जनामध्ये ३३ औं नम्बरमा रहेकाले बढुवा गर्न पनि त्यति सजिलो छैन् । समितिमा सदस्य रहेका प्रहरी महानिरीक्षक ज्ञवाली र सदस्य सचिव एआईजी शैलेश थापा कार्यक्षमतालाई आधार मानेर बढुवा दिने पक्षमा भएपनि जुनियरलाई नै बढुवा गर्ने पक्षमा भने नभएको स्रोतको दावी छ ।
यसअघि डिआईजीको बढुवामा समेत ज्ञवाली र थापाले अडान लिएकै कारण केही व्ययवसायीक अधिकृतहरुको बढुवा भएको थियो । वरियतामा अघि रहेका एसएसपीहरु ईश्वरबावु कार्की, वसन्त पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल र उत्तम सुवेदी उनिहरुकै जोडबलमा बढुवा पर्न सफल भएका थिए । वरियतामा अघि रहेका र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको बलियो साथ पाएका एसएसपी गणेश ऐरलाई भने बढुवामा छुटाइएको थियो ।
प्रहरीको बढुवा र सरुवामा राजनीतिक दबावले गर्दा व्यवसायीक र कार्यसम्पादन राम्रो भएका अधिकृतहरु मर्कामा पर्ने गरेका छन् । यसपटकको बढुवामा पनि राजनैतिक नेतृत्व ने हावी भएको छ । डिआईजी बढुवामा प्रधानमन्त्री कार्यालयको सिफारीसमा धिरज सिंह र सहकुल थापा, गृहमन्त्री रामबहादुर थापाको सिफारीस बसन्त लामा, पुर्व गृहमन्त्री समेत रहेका जनार्दन शर्माको सिफारीमा एसएसपी रविन्द्र धानुक र गृहसचिव महेश्वर न्यौपानेको सिफारीसमा एसएसपी अरुण विसीको नाम सिफारीस भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

error: Content is protected !!