२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पूर्वसभामुख महराद्वारा विपद व्यवस्थापनमा राहत कोष

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

एबिसी संचार
दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल जम्मा गर्नुभएको छ । बिहीवार महराका स्वकीय सचिव प्रमोद शर्माले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल बुझाउनु भएको हो ।
कोरोना भाइरस (कोभिड– १९)ले विश्वलाई नै आक्रान्त बनाएको बेला नेपाल पनि अछुतो छैन । मुलुक यतिबेला लकडाउनमा रहेको र विपन्न परिवार, ज्यालादारी गर्ने मजदूर र विभिन्न कारणले चुलो नै लक्ड हुने अवस्थाका नागरिकहरुलाई उक्त चामल जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार वितरण गर्ने बताइएको छ ।
पूर्वसभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद महराले पहिलो चरणमा जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी मजदूरहरुको छाक नबसोस भनेर जिल्ला विपद व्यवस्थापन कोषमा १ सय बोरा चामल उपलव्ध गराएको बताउनु भयो । ‘कोरोना संक्रमणले यतिबेला मुलुकलाई छोएको मात्र छ’, महराले भन्नुभयो, ‘भोलि महामारीले झनै उग्ररुप लिन पनि सक्छ । त्यसकारण म अब दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!