२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

१५ दिन क्वारेन्टिन बसेर घर जान नपाए पछी बसमा तोडफोड झडप

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

एबिसी संचार
बाँकेको नेपाल भारत सिमानाकास्थित दशगजा क्षेत्रमा रहेका नेपालीहरु आन्दोलित भएका छन । १५ दिने क्वारेन्टिन बसाई पश्चात घर जाने आशमा रहेका उनिहरु बिहिबार आन्दोलनमा उत्रिएका हुन । पूर्व घोषणा अनुसार आफुहरु घर जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका उनिहरुले तिन वटा बसमा तोडफोड गरेका छन ।
रिपोर्ट नेगेटिभ आएपछि मेयर राणासहितका सरोकारवालाले क्वारेन्टिन छोडी घर जान निर्देशन दिएका थिए । तर, बाँके प्रशासन र गृहमन्त्रालयको समन्वय अभावका कारण उनीहरु घर जानबाट बञ्चित भएपछि आन्दोलनमा उत्रिएका हुन् ।
घर जान तयारीमा रहेका उनीहरुलाई गृहमन्त्रालयको आदेश भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारीले क्वारेन्टिन नछोडन निर्देशन दिएका थिए । आन्दोलनमा उत्रिएका नेपालीले क्वारेन्टिनमा रहेको दुईओटा बसको सिसा फुटाईदिएका छन् ।
सुरक्षाका लागि क्वारेन्टिन पुगेको जमुनाह प्रहरीसंग आफूहरु घर जानपाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले झडपको स्थिती समेत सिर्जना गरेको जमुनाह प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार आन्दोलनकारीहरुले आफूहरु घर जान पाउनुपर्ने माग गर्दै दुईवटा बसमाथि तोडफोड गरेकाछन् । बस तोडफोड गर्ने क्रममा क्वारेन्टिनमा रहेका आन्दोलित एकजना सामान्य घाईते भएका छन् ।
नेपालगन्जको दशगजामा रहेका एक सय ८१ जनामा पनि कोरोना नेगेटिभ देखिएको बताइएकाे छ। नेपालगन्जको दशगजामा बनाइएको क्वारेन्टिमा बसेका ब्यक्तिलाई घर पठाउन गरिएको तयारीलाई गृहमन्त्रालयले रोकेको उपमहानगरपालिकाले बताएको छ ।
भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका एक सय ८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा राखिएको छ । उनीहरुको बिहीबार आरडीटि टेष्ट गर्दा सवैजनाको नतिजा नेगेटिभ आएपछि घर पठाउने तयारी गरिएको थियो । उनीहरुलाई घर पठाउनका लागि क्वारेन्टिनमा गाडी समेत बोलाइएको थियो ।
धेरैजसो गाडीभित्र सामान राखिएका थिए । कतिपयले आ–आफ्नो सिट छानेर समेत बसिसकेका थिए । १५ दिन क्वारेन्टिन बसेपछि आरडीटि टेष्टसमेत नेगेटिभ आएपछि उनीहरु घर जान खोज्नु सामान्य मानिने गरिएकोछ । जिल्लाकै अन्य पालिकाहरुले यस्तोमा घर जान दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनले  भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएकाे थियाे, […]

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

error: Content is protected !!