२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

पैदल हिँड्नेलाई निशूल्क यातायातबाट घर पुर्याउ सर्बोच्चको आदेश

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

काठमाडौं वैशाख ५ सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको छ।
न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको हो।सर्वोच्चले विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेकाहरुलाई सुरक्षित सुरुमा गन्तव्यमा पुर्याउनु राज्यको प्राथमिक दायित्व भएको बताएको छ।
अदालतले अगाडि भनेको छ ‘यी वर्गको तथा समूहको व्यक्ति र वृहत समाजको हितलाई समेत ध्यानमा राखी स्थानीय रुपमा हाल परिचालित स्वास्थ्य परीक्षणसम्बन्धी जनशक्तिको मोवाइल समूहहरुलाई परिचालन गरी उनीहरुर्को यापिड टेष्ट गर्दै सुरक्षाको लागि अपनाउनुपर्ने सबै आवश्यक उपायहरु अवलम्वन गर्दै अत्यन्त प्राथमिकताको साथ उनीहरुलाई सरकारको कार्यमा आस्वस्थ हुने गरी अविलम्ब सबै राजमार्गहरुबाट सवारी साधनहरुको निशुल्क व्यवस्था गरी उनीहरुको गन्तव्य स्थानमा पुर्याइदिनू।’
यसरी गन्तव्यमा लैजाँदा महिला, बालबालिका, जेष्ठ नागरिक, शारीरिक रुपमा अस्वस्थ व्यक्तिहरुको विशेष सुरक्षा गर्न पनि सर्वोच्चले आदेश दिएको छ। यस्ता व्यक्तिमा कोरोना संक्रमणको आशंका भए आवश्यकताअनुसार क्वारेन्टाइन र आइसोलेसनमा राखी निको भएपछि वा शंका बाहिर आएपछि गन्तव्यमा पुर्याउन पनि सर्वोच्चले आदेश दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतबाट आउने चामल र क्यानडाबाट आउने खाद्य पदार्थहरूमा थप ट्यारिफ (शुल्क) लगाउनेसमेत बताएका हुन्। ट्रम्पका अनुसार दोस्रो देशबाट आउने सस्तो सामानले अमेरिकी किसानलाई नोक्शान पुर्याइरहेको बताए। उनले ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा किसानका लागि थप आर्थिक मद्दतका प्याकेज घोषणा गरेका थिए। ट्रम्पले भने,’भारत, भियतनाम र थाइल्यान्ड जस्ता देशले अमेरिकामा धेरै सस्तो चामल बेचिरहेका छन्। […]

रुपन्देही । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनले  भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएकाे थियाे, […]

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

error: Content is protected !!