२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

अलपत्र यात्रुहरुको उद्दारमा जुटिन राप्ती सोनारी गा.पा उपाध्यक्ष:खत्री

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

(सागर थापा)
बाँके जिल्लाको पूर्वमा पर्ने राप्ती सोनारी गाउँपालिकाकि उपाध्यक्ष धनमाया खत्रीको पहलमा काठमाडौंबाट पैदल हिडेर आएका यात्रुहरुलाई उद्दार गरिएको छ । विद्यमान लक डाउनलाई लक्ष गरेर स्थानीय सरकारहरुले वितरण गरेको राहतका कार्यक्रमहरु निकै विवादास्पद बनिरहेको वर्तमान सन्दर्भमा आफ्नो गाउँपालिकामा सम्पूर्ण जनप्रतिनिधिहरुको रोहवरमा राहत वितरण गरिएकोमा त्यस्तो कुनै अनियमितता नभएको पनि उपाध्यक्ष खत्रीको दाबी रहेकोे छ ।
शुक्रबार दाङ र बाँकेको सिमाना शिव खोलाबाट उनीहरु सबैलाई खाजा र पानी ब्यबस्था गरि राप्ती सोनारी गाउँपालिकाको उपाध्यक्ष चढने गाडी र टयाक्टर ट्रकमा राखेर गन्तव्यसम्म पुर्याइएको उपाध्यक्ष खत्रीले बताउनुभयो।
लकडाउनमा पनि यति दिन लगाएर यहाँ सम्म आइपुगेपछि उहाँहरुलाई गन्तव्य सम्म पुर्याउनु उचित लागेर पठाइएको हो । राप्ती सोनारी गाउँपालिकाको उपाध्यक्ष खत्री आफुले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी प्रबक्ता डिएसपी रविन्द्र खनालका अनुसार कार्कीले मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले कार्कीलाई प्रहरी नियन्त्रणमा राखेर सामान्य सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । कार्कीले चुनावी मौन अवधी सुरु भएपछि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुसँगकोा अन्तर्वार्ता प्रसारण गरेका […]

error: Content is protected !!