२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

अलपत्र यात्रुहरुको उद्दारमा जुटिन राप्ती सोनारी गा.पा उपाध्यक्ष:खत्री

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

(सागर थापा)
बाँके जिल्लाको पूर्वमा पर्ने राप्ती सोनारी गाउँपालिकाकि उपाध्यक्ष धनमाया खत्रीको पहलमा काठमाडौंबाट पैदल हिडेर आएका यात्रुहरुलाई उद्दार गरिएको छ । विद्यमान लक डाउनलाई लक्ष गरेर स्थानीय सरकारहरुले वितरण गरेको राहतका कार्यक्रमहरु निकै विवादास्पद बनिरहेको वर्तमान सन्दर्भमा आफ्नो गाउँपालिकामा सम्पूर्ण जनप्रतिनिधिहरुको रोहवरमा राहत वितरण गरिएकोमा त्यस्तो कुनै अनियमितता नभएको पनि उपाध्यक्ष खत्रीको दाबी रहेकोे छ ।
शुक्रबार दाङ र बाँकेको सिमाना शिव खोलाबाट उनीहरु सबैलाई खाजा र पानी ब्यबस्था गरि राप्ती सोनारी गाउँपालिकाको उपाध्यक्ष चढने गाडी र टयाक्टर ट्रकमा राखेर गन्तव्यसम्म पुर्याइएको उपाध्यक्ष खत्रीले बताउनुभयो।
लकडाउनमा पनि यति दिन लगाएर यहाँ सम्म आइपुगेपछि उहाँहरुलाई गन्तव्य सम्म पुर्याउनु उचित लागेर पठाइएको हो । राप्ती सोनारी गाउँपालिकाको उपाध्यक्ष खत्री आफुले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतबाट आउने चामल र क्यानडाबाट आउने खाद्य पदार्थहरूमा थप ट्यारिफ (शुल्क) लगाउनेसमेत बताएका हुन्। ट्रम्पका अनुसार दोस्रो देशबाट आउने सस्तो सामानले अमेरिकी किसानलाई नोक्शान पुर्याइरहेको बताए। उनले ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा किसानका लागि थप आर्थिक मद्दतका प्याकेज घोषणा गरेका थिए। ट्रम्पले भने,’भारत, भियतनाम र थाइल्यान्ड जस्ता देशले अमेरिकामा धेरै सस्तो चामल बेचिरहेका छन्। […]

रुपन्देही । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनले  भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएकाे थियाे, […]

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

error: Content is protected !!