२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

नेपाल भारत सीमा क्षेत्रबाट लुकिछुपी मान्छेहरु आउने क्रम जारी.

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएपनि भारतबाट लुकीछिपी नेपाल आउने क्रम अझै रोकिएको छैन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मात्रै पछिल्लो एक सातामा लुकिछिपी नेपाल पसेका ८ जना भारतीयलाई क्वारेन्टाइन पठाएको छ
उनीहरु रुपन्देहीकै धकधही र नवलपरासीको ठुटीबारी क्षेत्रबाट नेपाल पसेका थिए । तीलोत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले लकडाउनका बेला लुकेर आएकामा नेपालमै मजदुरी गर्ने भारतीय नागरिक रहेको बताए । ‘नेपालमै लामो समय काम गरेको र आफ्नो परिवार यतै भएकाले रातको समयमा लुकेर आएको ती व्यक्तिहरुले बताएका थिए’ नगरप्रमुख घिमिरेले भने । लकडाउन कडा पारीएको भनिएका बेला लुकेर आएका ती भारतीय नागरिकबारे स्थानीयहरुले नगरपालिकालाई खबर गरेपछि नगरले सुरक्षाकर्मीहरुको सहायतामा क्वारेन्टाइन पठाइएको हो । आठै जनाको स्वास्थ्य अवस्था अहिले सम्म सामान्य रहेको नगरप्रमुख घिमीरेले जानकारी दिए ।
भारतीय नागरिकहरु नै लुकिछिपी बस्ती पस्न थालेपछि स्थानीय तहहरुलाई लकडाउन कार्यान्वयनमा चुनौती थपीएको छ । नेपालमा लुकिछिपी बसेका भारतीय नागरिकमा कोरोना संक्रमण भएका खबर आइरहेका बेला सीमापारीबाट लुकेर आउने क्रम नरोकीदा स्थानीय त्रसित छन । तिलोत्तमा नगरपालिकाले टोल छिमेकमा केही नयाँ व्यक्ति देखिए तत्काल जानकारी गराउन नगरबासीलाई आग्रह गर्दै टोलफ्रि नम्बर राखेको छ ।
तीन दिनअघि रुपन्देहीकै कक्रहवा आसपासबाट नेपाल पसेकी एक जना भारतीय महिलालाई पनि लुम्बिनीका स्थानीयले नियन्त्रणमा लिएर नजिकको क्वारेन्टाइनमा पठाएका छन् । चार दिन अघि रुपन्देहीकै पडेरीया क्षेत्र हुँदै दुई जना भारतीय नागरिक नेपाल पसेका थिए । आफूहरुलाई पञ्जाव प्रान्तका बताउने २५ र २९ वर्षका ती दुई युवक नाका क्रस गरेर सैनामैना नगरपालिकासम्म आइपुग्दा बल्ल स्थानीयको नजरमा परे । भारतीय मुलका नचिनेका युवा देखिएपछि स्थनीयले तत्काल नगरपालिकालाई खबर गरिदिए । अहिले उनीहरु सैनामैनाकै क्वारेन्टाइमा छन् । उनीहरुमा कुनै स्वास्थ्य समस्या नदेखिएको क्वारेन्टाइनका इन्र्चाज तथा जनश्वास्थ्य निरीक्षक हेमराज पन्थीले बताए ।
भारतको दिल्लीमा भएको निजामुद्दिन तब्लिकी जमातको सभाबाट भागेका दुई जना नवलपरासीको सुस्ता हुँदै चैत ३० गते नेपाल पसेका थिए । भारतबाट हिँडेरै सुस्ताको बाटाृ हुँदै नेपाल पस्नेमा सुनसरी इनरुवा नगरपालिकाका कपडि बस्ने ६५ वर्षे अब्दुल मिया र सलमान मिया भएको बताइएको छ । उनीहरुलाई सुस्ताबासीले गाउँमा हिडीरहेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइ दिए । सुस्ता गाउँपालिका वडा न ५ का वडा अध्यक्ष प्रभुनाथ यादवले उनीहरुलाई भारतीय सुरक्षाकर्मीले नै नेपाल पस्न सहयोग गरेको बताए ।
दिल्लीको सो सभामा सहभागी भएकाहरु अहिलेपनि रुपन्देही र नवलपरासी र कपिलवस्तुको सीमा क्षेत्रका मस्जिदमा लुकेर बसेको आशंका स्थानीयले गरेका छन् । भारत तर्फ पनि सिमा नजिकको मस्जिदमा लुकेर बसेको र नेपाल प्रवेश गर्न खोजीरहेको आशंका सीमाका स्थानीयको दावी छ ।
नेपालगञ्ज नाकाबाट लकडाउनपछि नै नेपाल प्रवेश गरेका तीन जना भारतीय नागरिक शुक्रबार पैदलै नवलपरासीको बर्दघाट आइपुगेका थिए । उनीहरुले आफूहरु भारतीय भएको र लकडाउनपछि नै लुकेर नेपाल पसेको बताएपछि बर्दघाट प्रहरीले रोकेर शसस्त्रको जिम्मा लगाइदियो । तर शसस्त्र प्रहरीले उनीहरुलाई तत्कालै छोडीदिएको प्रहरी र केही स्थानीयले नागरिकलाइ बताए । ती भारतीयले प्रहरीलाई बिरगञ्ज जान हिँडेको बताएका थिए ।
विशेषगरी नवलपरासी, कपिलवस्तु, रुपन्देही र नेपालगञ्जको खुल्ला सीमाबाट रातसाँझको समयमा नेपालमा मजदुरी गर्ने भारतीय प्रवेश गरीरहेको सम्बन्धित क्षेत्रका स्थानीयको गुनासो छ । त्यस्तै भारतबाट आउने मालबाहक गाडीमा पनि अवैध रुपमा नेपालमा मजदुरी गर्ने भारतीयहरु आइरहेको स्थानीयको दावी छ ।
प्रदेश नं. ५ मा पूर्वमा नवलपरासीको सुस्तादेखि पश्चिममा बर्दिया–चिसापानी कर्णाली पुलको सिमानासम्म ३८५.२ किलोमिटर खुल्ला सीमा छ । सो सीमाक्षेत्रमा अहिले नेपाल प्रहरीका ६ हजार बढी खटिएको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्ष नवराज पोखरेलले जानकारी दिए । सीमामा यतीकै संख्यामा सशस्त्र पनि खटिएका छन् ।
५ नं. प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपि नरबहादुर केसीले सीमा नाकासंगै आन्तरिक लकडाउनको पूर्ण कार्यान्वयनका लागि सुरक्षा निकाय गम्भीर ढंगले लागेको दावी गरे । ‘नवलपरासी, रुपन्देही र कपिलवस्तुको सीमामा खोला, जंगल क्षेत्रबाट केही व्यक्तिहरु प्रवेश गरेको भन्ने सूचना पाएलगत्तै तीक्षेत्रमा कडा निगरानी बढाइएको छ । अब कोही पनि पस्न पाँउदैनन्’ प्रदेश प्रहरी प्रमुख केसीले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!