१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

(महेन्द्र सिंह) बाँके बैशाख १३ नेपालगञ्जमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ ।
डिउटी सकेर राती कोठामा जादै गरेका प्रहरी जवान सुभाष सार्कीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो । भे ३ प ३९ नम्बरको मोटरसाइकलमा सवार रहेका प्रहरी जवान सार्की राँझा चोकमा राती अढाई बजे दुर्घटनामा परेका थिए ।
प्रहरी जवान सार्की स्थानीय प्रशासनले दशगजामा बनाएको क्वारेन्टाइनमा शुरुदेखि नै डिउटीमा थिए । २३ औं दिन सबैलाई घर पठाएपनि प्रहरीको डिउटी अझै त्यहाँ थियो । राती दुई बजे डिउटी सकेपछि कोठामा जान हिडेका प्रहरीको जवान मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी शिव सिंहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]