लागूऔषधसहित एक महिला काठमाडौं नागढुङ्गाबाट पक्राउ,
काठमाडौं । लागूऔषध ओसार-पसारमा संलग्न एक महिलालाई मुख्य नाका नागढुङ्गाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ घर भएकी ३० वर्षीया सबिना अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गा चेक प्वाइन्टमा नियमित जाँचको क्रममा लागूऔषधसहित उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीले लुकाई-छिपाई ल्याइएको अवस्थामा ८८ ग्राम खैरो हेरोइन (ब्राउनसुगर) जस्तो देखिने गिलो पदार्थ बरामद गरेको बताएको छ।