०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कृष्णनगर नगरपालिका र वडा नं २ को संयुक्त आयोजनामा इ.प्र.का. कृष्णनगर लाई पिपिइ हस्तान्तरण

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

अजय मिश्र, कृष्णनगर, वैशाख १३
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका र कृष्णनगर नगरपालिका वडा नं २ को संयुक्त सहयोगमा ३० थान पिपिइ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल लाई हस्तान्तरण गरिएको छ ।
विश्वमा फैलिएको (COVID-19) कोरोना भाइरसका कारण पछिल्लो समय देश लकाडाउनमा छ । महामारीको समयमा सेवा प्रदान गर्ने निकायहरूलाइ सुरक्षीत राख्न नगरपालिकाले पिपिइ सेट इलाका प्रहरी कार्यालय कृष्णनगरलाइ हस्तान्तरण गरेको हो ।
कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष संजय कुमार गुप्ताले उक्त सुरक्षा सामाग्री इ प्र का लाई प्रदान गर्दै आगामी दिनमा समेत आफूहरु बाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
सुरक्षा सामाग्री प्रदान गर्ने कृष्णनगर नगरपालिका लाई इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!