२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौं महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी SSP ज्ञवालीले सम्हाले

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

(एबिसी क्राईम ब्युरो)
काठमाडौँ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले आइतबारदेखि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको कार्यभार सम्हालेका छन् ।
कार्यभार सम्हालेका एसएसपी ज्ञवाली काठमाडौँ प्रहरी प्रमुख हुनुमा अवसर र चुनौति दुवै भएको बताउँछन् । एसएसपी ज्ञवाली भन्छन्, ‘चुनौतिलाई अवसरमा परिणत गर्न सकेमात्र सफल भइन्छ । त्यही अनुरुप नै काम गर्नेछु ।’
काठमाडौँ जस्तो महत्वपूर्ण ठाउँको प्रमुखको जिम्मेवारी पाएका एसएसपी ज्ञवालीले थुप्रै जिल्लामा प्रहरी प्रमुख भएर पनि काम गर्ने अवसर समेत पाएका छन् ।
पछिल्लो समय महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए एसएसपी ज्ञवाली । ज्ञवाली प्रहरी महानिरीक्षक (आईजीपी) का सहोदर भाइ हुन् ।
प्रहरी हेडक्वार्टरले गत १२ वैशाखमा एसएसपी ज्ञवालीसँगै एसएसपी दीपक थापाको पनि सरुवा गरेको थियो । ज्ञवालीको काठमाडौँ परिसरमा सरुवा भएको थियो भने थापाको महानगरीय अपराध महाशाखामा ।
एसएसपी थापाले वैशाख १६ गते (मंगलबार) अपराध महाशाखाको जिम्मेवारी सम्हाल्नेछन् । थापा यसअघि प्रहरी हेडक्वार्टरस्थित आर्थिक प्रशासनमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!