२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

२ नम्बर प्रदेश DIG सिंहको एक्सन सुरु लाखौं नगद सहित हुण्डी कारोबारी पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

(एबिसी क्राईम ब्युरो) जनकपुरधाम प्रदेश नम्बर २ का प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै डिआइजी धिरजप्रताप सिंह एक देखि अर्को सफलता ११ लाख भन्दा बढी नगद सहित हुण्डी कारोबारी पक्राउ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले आज हुण्डी कारोवारी यादवलाई पक्राउ छ। विशेष सुचनाको आधारमा अवैध वित्तिय कारोवार(हुण्डी) भईरहेको छ भन्ने खबर प्राप्त हुना साथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मातहतका जिल्ला प्रहरी पर्सा र प्रहरि चौकि ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले आज बुधबार जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित सडकमा भारतको
रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको ना.६२ प ९५७१ नं.को २२० सि.सि.पल्सर मो.सा.मा सवार जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ इनर्वा गाँउ बस्ने अं.बर्ष २९ को लालबाबु कुमार यादवले ढाडमा भिरेको झोला भित्रको स्रोत खुल्न नसकेको नेपाली रुपैया ११ लाख ५० हजार फेला पारी सो नगद र मो.सा.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]