२५ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

नेपाली सेनाको गाडीले ठक्कर दिदा कोहलपुरमा एकको मृत्यु

Logo
प्रकाशित आइतबार, बैशाख २१, २०७७

(महेन्द्र सिंह)
बाँकेको कोहलपुरमा नेपाली सेनाको गाडीले ठक्कर दिदा मोटरसाईकलमा सवार एक युवकको ज्यान गएको छ । कोहलपुर नेपालगन्ज सडकखण्डसँगै जोडिएको एनटिभि चोकमा शनिबार बेलुका भएको दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं. २ का २४ वर्षिय किरण भुषालको ज्यान गएको हो ।
नेपालगन्जबाट कोहलपुतर्फ आउँदै गरेको नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक भुषालको ज्यान गएको हो । मोटरसाईकल पछाडी बसेकी बारबर्दिया नगरपालिका ४ की २७ वर्षिय प्रतिक्षा भुषाल भने गम्भीर घाईते भएकी छन । उनको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटना लगत्तै प्रहरीले सेनाको गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैङ्कलाई रु एक अर्बभन्दा बढी हानी नोक्सानी पु¥याएको आरोपमा बैङ्कका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई आज ललितपुर महानगरपालिका—११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैङ्कलाई हानी र आफ्नो स्वार्थ […]

एजेन्सी । म्यानमारमा अवैध अनलाइन स्क्यामिङमा फसेका ४७ नेपाली नागरिकको उद्धार गरिएको छ, जसमा ४५ पुरुष र २ महिला छन्। उद्धार गरिएका व्यक्तिहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले नेपाल फर्काएको छ, र उनीहरू विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। पीडितहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी म्यानमार पुर्‍याइएको थियो, जहाँ उनीहरूलाई शारीरिक र मानसिक यातना दिइएको थियो। काठमाडौँ । विभिन्न […]

बारा कलैयास्थित यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता तथा दुरुपयोगका आरोपहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। सेवाग्राही र कार्यालयभित्रका कर्मचारीहरूले यस कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक हेरफेर, दलाली र आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक रूपमा उठाएका छन्। उनीहरूको दाबी अनुसार, […]

error: Content is protected !!