१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

नेपालमा एकैदिन १० जनामा कोरोना देखियो संक्रमितको संख्या ६९ पुग्यो

Logo
प्रकाशित आइतबार, बैशाख २१, २०७७

काठमाडौं मुलुकमा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पर्साको वीरगञ्ज महानगरपालिकामा ३६ वर्षीय पुरुष तथा नेपालगञ्जका ५ पुरुष तथा ४ जना महिलामा संक्रमण पोजेटिभ देखिएको हो । उनीहरु ७ वर्षदेखि ५८ वर्ष उमेर समूहसम्मका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ । संक्रमित सबैको स्थास्थ्य अवस्था सामान्य रहेको छ ।
हाल विराटनगरमा ३१ र वीरगञ्जमा ९ जना उपचाररत रहेका छन् । नेपालगञ्जमा आइतबार संक्रमण देखिएका ९ सहित १० जनाको उपचार भइरहेको छ । यसैगरी रुपन्देही, धनगढी र भरतपुरमा १-१ जना उपचाररत रहेका छन् । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपत्यकामा ४ र बाहिर ७३ गरी ७७ जना सम्भावित संक्रमित आइसोलेसनमा रहेका छन् ।
आइतबारसम्म १३ हजार ४ सय १४ पिसिआर र ४९ हजार ६ सय ८८ वटा आरडिटी परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
प्रदेश नम्बर १ मा ५ हजार ४ सय ९९, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ९ र बागमती प्रदेशमा ८ हजार ५ सय १५ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी गण्डकी प्रदेशमा ५ हजार ८ सय ३४, प्रदेश नम्बर ५ मा ४ हजार ४ सय ९२, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३७, बागमती प्रदेशमा ४ सय ४० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ६ सय २६, प्रदेश नम्बर ५ मा १० हजार ६ सय ६७, कर्णाली प्रदेशमा ३ हजार ७८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!