१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

बाँकेमा कोरोनाको संक्रमितको संख्या १५ पुगियो

Logo
प्रकाशित आइतबार, बैशाख २१, २०७७

नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको थियो। आइतबारै साँझ थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो।
आइतबार नै राती १० बजेतिर अस्पतालले थप ९ जना संक्रमण भएको पुष्टि गरेको छ। यसरी आइतबार एकैदिन नेपालगञ्जमा १४ जनामा कोरोना देखिएको हो। शुक्रबार पनि नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो। यसरी नेपालगञ्जमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ।
शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड१९ अस्पताल तयार गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!