१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

दाङ चेम्बरको माग अत्यावश्यकीय उद्योग सञ्चालन गर्न प्रशासनलाई ज्ञापनपत्र

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

सागर थापा
दाङ चेम्वर अफ कमर्शले अत्यावश्यकीय उत्पादनमुलक उद्योगहरु सञ्चालन गर्ने बातावरण मिलाउन सरकारसँग माग गरेको छ । चेम्वर अफ कमर्श दाङले जिल्ला प्रशासन कार्यालयमार्फत आइतवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउदै लकडाउनका कारण उद्योगहरु बन्द रहदा ठूलो क्षेती भएको भन्दै अत्यावश्यकीय उत्पादनमुलक उद्योगहरु सञ्चालन गर्न माग गरेको हो ।
चेम्वरले कृषि उत्पादन र कृषिमा आधारित अन्य उत्पादनलाई बढवा दिनका लागि उत्पादन, बजारिकरण, दुवानी र आपुर्ति व्यवस्थानको सहजीकरण गर्न समेत माग गरेको छ । त्यसै गरी चेम्वरले घरबहाल कर सतप्रतिशत र स्थानीयले तहहरुले लिने व्यवसायीक कर ५० प्रतिशत मिनाह गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । चेम्वरले विज्ञप्तिमार्फत बन्दाबन्दीको समयमा घरबहाल कर मिनाहसँगै स्थानीय तहले लिने व्यवसायीक करमा ५० प्रतिशत छुट गर्न माग गरेको हो ।
त्यसै गरि चेम्वरले आर्थिक बर्ष २०७६ ्र०७७ मा आयकरमा ५० प्रतिशत,बन्दाबन्दी सुरु भएको समयावधि र खुलेको छ महिनासम्म हुन आउने औधोगिकतथा व्यवसायीक बैंक कर्जाको व्याज पूर्ण रुपमा मिनाह हुनुपर्ने,उद्योग तथा व्यवसायीले लिएको कर्जाको पुनःकर्जाको व्यवस्था गरिनुपर्नेमाग राख्दै ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्रमा विद्युत कार्यालयले उद्योगहरुबाट लिने डिमाण्ड शुल्क सतप्रतिशत र आम नागरिकको हकमा ५० प्रतिशत मिनाह गरिनुपर्ने माग गरिएको चेम्वर अफ कमर्श दाङका अध्यक्ष श्रीधर महराद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । ज्ञापन पत्र चेम्वर अव कर्मशका अध्यक्ष श्रीधर महरा र निवर्तमान अध्यक्ष दिपक सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीलाई बुझाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला। वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। […]

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

error: Content is protected !!