२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

लकडाउन उलंघन गर्ने २ सयबढी सवारीसाधन लमही ट्राफिक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

(सागर थापा/बिदुर एमसी) जिल्ला प्रशासन कार्यालय दाङ बाट जारी गरेको लक डाउन उलंघन गर्ने सवारी साधनहरुलाई लमही ट्राफिक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । नेपाल सरकारले स्थानीय प्रशासन मार्फत जारी गरेको लक डाउन उलंघन गर्ने सवारीसाधनहरुलाई लमही ट्राफिकले आफ्नो नियन्त्रणमा लिएको हो । दाङ्ग जिल्लाको देउखुरी उपत्यकामा पर्ने प्रमुख व्यापारिक केन्द्र मानिने लमही बजारको इलाका वडा प्रहरी कार्यालय लमही र ट्राफिक प्रहरी कार्यालय लमहीकाे संयुक्त प्रयासमा चेकजाँच गर्ने क्रममा सवारी साधनहरु नियन्त्रणमा लिएको हुन । झण्डै २ सयभन्दा बढी माेटरसाइकल केही सङ्ख्यामा ट्रक टिप्पर जीप अटोहरु लगाएत प्रहरीको नियन्त्रणमा रहेको र लक डाउन सकेपछी मात्र सवारी साधन फिर्ता गर्ने लमहीका ट्राफिक प्रहरी प्रमुख बाबुराम जीसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]