१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

काठमाडौँ उपत्यकामा जोखिम बढ्दै लकडाउनको पालना सबैले गरौँ

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

एबिसी संचार
काठमाडौं पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ । बुधबार उपत्यकामा मात्रै एकैदिन तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप सतर्कता आवश्यक रहेकाले लकडाउन पूर्णपालना गर्न सबैलाई आग्रह गरिएको हो ।
लकडाउनको उल्लङ्घन गर्दै जाने हो भने नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर भएर लकडाउन कडाइका साथ कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्ने काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शाक्यले भने ।
‘आवतजावतको होडबाजीले थप समस्या हुन्छ । हामी शुरुदेखि नै उपत्यकाबाट हुने आवतजावतमा कडाइ गर्दै उपत्यकाको चहलपहललाई खुकुलो पार्नुपर्छ भन्दै आएका छौँ’, शाक्यले भने, ‘तर, सरकारी गाडी र पासको समेत दुरुपयोग गर्दै निर्वाधरुपमा उपत्यका भित्रिने क्रम नरोकिएको भन्ने जानकारी आएको छ । हिजोको घटनाले पनि त्यही कुराको पुष्टि गर्छ । अब पनि हामी सचेत नहुने हो भने अवस्था नियन्त्रण बाहिर जानसक्छ । त्यसैले हामी सबै सचेत हुन जरुरी छ’, शाक्यले भने ।
उनले केही कठिनाइका बीचमा पनि लामो समयदेखि उपत्यकावासीले लकडाउनको पूर्णपालना गरेर सहयोग गरेको भन्दै अझै केही समय धैर्य गर्न आग्रह गरे । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत […]

पर्सा । नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति निर्माणमा […]

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, २०५० साल फागुन मा तत्कालीन स्याङ्जा जिल्लाको रत्नपुर गा।वि।स।–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२) मा आयोजित विवाह समारोहका क्रममा स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट भएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। सो घटनामा संलग्न रहेका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई सर्वोच्च […]

error: Content is protected !!