१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

काठमाडौँ उपत्यकामा जोखिम बढ्दै लकडाउनको पालना सबैले गरौँ

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

एबिसी संचार
काठमाडौं पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ । बुधबार उपत्यकामा मात्रै एकैदिन तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप सतर्कता आवश्यक रहेकाले लकडाउन पूर्णपालना गर्न सबैलाई आग्रह गरिएको हो ।
लकडाउनको उल्लङ्घन गर्दै जाने हो भने नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर भएर लकडाउन कडाइका साथ कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्ने काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शाक्यले भने ।
‘आवतजावतको होडबाजीले थप समस्या हुन्छ । हामी शुरुदेखि नै उपत्यकाबाट हुने आवतजावतमा कडाइ गर्दै उपत्यकाको चहलपहललाई खुकुलो पार्नुपर्छ भन्दै आएका छौँ’, शाक्यले भने, ‘तर, सरकारी गाडी र पासको समेत दुरुपयोग गर्दै निर्वाधरुपमा उपत्यका भित्रिने क्रम नरोकिएको भन्ने जानकारी आएको छ । हिजोको घटनाले पनि त्यही कुराको पुष्टि गर्छ । अब पनि हामी सचेत नहुने हो भने अवस्था नियन्त्रण बाहिर जानसक्छ । त्यसैले हामी सबै सचेत हुन जरुरी छ’, शाक्यले भने ।
उनले केही कठिनाइका बीचमा पनि लामो समयदेखि उपत्यकावासीले लकडाउनको पूर्णपालना गरेर सहयोग गरेको भन्दै अझै केही समय धैर्य गर्न आग्रह गरे । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङले जेठ महिनाको कामको प्रगति सार्वजनिक गर्न पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक दिपक श्रेष्ठको उपस्थितिमा प्रगति विवरण कार्यालयका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जेठ महिनाभर प्रहरीले गरेका कामको मासिक रिपोर्ट प्रस्तुत गर्नुभयो। अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी, चोरी-पैठारी […]

दाङ । शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले मेचीदेखि महाकालीसम्मको नेपाल साइकल यात्रा पूरा गरी गृहनगर फर्किएका युवा साइकल यात्री बर्सात क्षेत्रीलाई मङ्गलबार घोराहीमा विशेष सम्मान गरिएको छ। घोराही बनाऔँ अभियानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन […]

error: Content is protected !!