०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

प्युठान जिल्लामा लकडाउन निकै कडाइ ठाउँ ठाउँमा प्रहरीको ब्यारेल

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

सागर थापा/बिदुर एमसी देशमा जारी लकडाउन अन्य भागमा भन्दा प्युठानमा निकै कडाइसाथ लागू गरिएको छ दाङ्ग जिल्लाकाे देउखुरी भालुवाङ्गबाट प्रवेश गर्ने सिमाना ददेरी र बाङ्गेसालकाे दर्भानमा रहेको प्रहरी चौकीले नै दुई देशका वीचमा लगाइने जस्तै ब्यारेल तेर्साएर जिल्ला प्रवेशमा रोक लगाइएको छ । यद्यपि अत्यन्तै कम सङ्ख्यामा मात्रै दैनिक अत्यावश्यक खाद्यान्न बोकेका गाडी फाट्टफुट्ट एम्बुलेन्स पत्रकारका गाडी बाहेकका अन्य सवारीसाधनहरुलाई जिल्ला प्रवेशमा पूर्णरूपमा बन्देज लगाइएको देखिन्छ । त्यतिमात्र नभएर ढुङगेगढीकाे बड्डाडा,प्युठान र राेल्पा जाने बाटो छुट्टाउने ठाउँ क्वाडी, जुम्री, गाेठिवाङ्ग र भिङ्ग्री लगायतका ठाउँमा ब्यारेल तेर्साएर बाटोमा हुने अावागमनमा अवराेध गरिनुले पनि देशका अन्यत्र भागमा भन्दा प्युठानमा लक डाउनलाई निकै कडाइसाथ लागू गरिएको छ, भनेर भन्नेमा कुनै दुईमत नहाेला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]