०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

दाङमा लकडाउनको बेला पक्राउ परेका सवारी साधनहरु फिर्ता

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

(सागर थापा)
लकडाउन उल्लंघन गरेको भन्दै दाङमा नियन्त्रणमा लिईएका सबै सवारीका साधनलाई प्रहरी फिर्ता गरेको छ । लकडाउन सुरु भए सँगै प्रहरीका जिल्ला भर रहेका युनिटहरुले नियन्त्रणमा लिएका करिब एक हजार ८ सय सवारीका साधन सम्बन्धित गाडी धनीको जिम्मा लगाएको हो ।
लकडाउनको समयमा घर बाहिर समेत निस्कन पनि सवारीका सानहुने अबस्थामाधन लिएर सडकमा आएकाहरुका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ति सवारीका साधनहरु लकडाउन खुलेपछि मात्रै फिर्ता गर्ने बताएको प्रहरीले लकडाउन लम्बिदै गएपछि फिर्ता गरेको हो ।
नियन्त्रणमा लिईएका सवारीका साधनलाई खुल्ला स्थानमा राख्दा घाम पानीले विग्रने अबस्थामा पुगेपछि फिर्ता गर्ने निर्णय लिएको हो । नियन्त्रणमा लिएका सवारी साधनमा सबै भन्दा धेरै मोटरसाईकल, स्कुटर, ट्रक, जिपकार, ट्याक्टर तथा अटो रहेका थिए ।
लकडाउन लम्बिदै गएको र सवारीका साधन पनि घाम पानीका कारण क्षति हुने अबस्थामा पुगेकाले सम्बन्धित धनीलाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!