१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

दाङमा लकडाउनको बेला पक्राउ परेका सवारी साधनहरु फिर्ता

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

(सागर थापा)
लकडाउन उल्लंघन गरेको भन्दै दाङमा नियन्त्रणमा लिईएका सबै सवारीका साधनलाई प्रहरी फिर्ता गरेको छ । लकडाउन सुरु भए सँगै प्रहरीका जिल्ला भर रहेका युनिटहरुले नियन्त्रणमा लिएका करिब एक हजार ८ सय सवारीका साधन सम्बन्धित गाडी धनीको जिम्मा लगाएको हो ।
लकडाउनको समयमा घर बाहिर समेत निस्कन पनि सवारीका सानहुने अबस्थामाधन लिएर सडकमा आएकाहरुका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ति सवारीका साधनहरु लकडाउन खुलेपछि मात्रै फिर्ता गर्ने बताएको प्रहरीले लकडाउन लम्बिदै गएपछि फिर्ता गरेको हो ।
नियन्त्रणमा लिईएका सवारीका साधनलाई खुल्ला स्थानमा राख्दा घाम पानीले विग्रने अबस्थामा पुगेपछि फिर्ता गर्ने निर्णय लिएको हो । नियन्त्रणमा लिएका सवारी साधनमा सबै भन्दा धेरै मोटरसाईकल, स्कुटर, ट्रक, जिपकार, ट्याक्टर तथा अटो रहेका थिए ।
लकडाउन लम्बिदै गएको र सवारीका साधन पनि घाम पानीका कारण क्षति हुने अबस्थामा पुगेकाले सम्बन्धित धनीलाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

काठमाडौं । *पक्राउको विवरण:* 1. *कहाँबाट*: थाइल्यान्डबाट पक्राउ गरी शनिबार राति काठमाडौं ल्याइएको 2. *कसरी*: उनको विरुद्धमा *इन्टरपोलले रेड नोटिस* जारी गरेको थियो। इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले थाइल्यान्ड प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको 3. *केको मुद्दा*: ललितपुर जिल्ला अदालतमा *सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी* मुद्दा दर्ता भइसकेको छ 4. *अहिले*: थुनछेक बहसका लागि अदालतमा […]

error: Content is protected !!