०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

लाखौं मुल्यको अबैध सामान प्रहरीकाे नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

नन्दु यादव
पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिकाकाे वडा न १ महेशपुरबाट अबैध रुपमा लुकाईछिपाई राखेकाे अवस्था मा प्रहरीले अबैध सामान नियन्त्रण मा लिएकाे छ ।महेशपुरबाट खटिएकाे प्रहरीकाे टाेलिले साे सामान बरामद गरिएकाे सिमा प्रहरी चाैकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्याले जानकारी दिनु भयाे । महेशपुरकाे सिमलबाेट काे झाडिमा लुकाई छिपाई राखिएकाे अवस्था मा नियन्त्रण मा लिएकाे उपाध्याले बताउनु भयाे ।महेशपुर चाैकिबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा रु.२,४२,४६०/ मुल्य बराबरको मालसामान बरामद गरेको हाे । बरामद भएको सामानमा काजु ९७ के.जी, वदाम ३० के.जी, छोडा ३०० के.जी र किसमिस ९ के.जी. रहेको छ । लकडाउनकाे बेलामा प्रहरीले सुरक्षा ब्यवस्था कडारुपमा निगरानी बढाईएकाे बताईएकाे छ ।प्रहरी निरिक्षक उपाध्याले सिमा प्रहरी चाैकि महेशपुरकाे प्रमुख सम्हाले देखि नै अबैध सामानहरु धमाधम नियन्त्रण मा लिन सक्रिय रहेका छन ।अबैध सामान अावश्यक कार्वाहि लागि भन्सार पठाईने जानकारी दिनु भयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!