०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

प्रतापपुर गाउपालिकाद्वारा पत्रकार हरुलाई स्वास्थ सामाग्री बितरण

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

एबिसी संचार
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिकाले कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटीने गाउपालिका भित्र का पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकााेले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएको प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनु भयाे।गाउपालिका एन-95 माक्स, सेनिटाईजर ,ग्लबस लगायतका सामाग्री उपलब्ध गराएकाे हाे । स्वास्थ्य सामाग्री प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका जिल्ला कार्यसमिति सदस्य नन्दु यादवले सामाग्री ग्रहण गर्दै कोभिड–१९ संक्रमण नियन्त्रणमा खटीएका पत्रकार र स्वास्थ्य कर्मीहरुलाई बिभिन्न्न संघ,सस्थाहरुले सुरक्षा सामाग्री प्रदान गरेर हौसला बढाएको बताए । बितरण कार्यक्रममा प्रतापपुर गाउपालिका स्वास्थ प्रमुख ऋषि चाैधरी पत्रकारहरु लगायतकाे सहभागिता रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।