०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

थप एकको शव फेला मृत्यु हुनेको संख्या चार पुग्यो

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

पश्चिम रुकुममा भेरी नदीमा बेपत्तामध्येका थप एक जनाको शव भेटिएको छ। योसँगै घटनामा ज्यान गुमाउने चार पुगेका छन्। अझै २ जना बेपत्ता छन्। सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट खटिएको गोताखोरसहितको टोलीले भेरी नदीको कुदुमा शव फेला पारेको हो। १८ वर्षका लोकेन्द्र सुनारको शव भेटिएको प्रहरीले जनाएको छ। जाजरकोटबाट पश्चिम रुकुममा विवाहका लागि प्रेमिका लिन गएका नवराज विक सहितका युवालाई गाउँलेले आक्रमण गरेका थिए। त्यसक्रममा मारिएका नवराजसहित ३ जनाको सब यसअघि नै भेटिएको थियो। बाँकी २ जनाको खोजीमा पनि चार जना गोताखोरसहित १८ जना सशस्त्र प्रहरीको टोली सक्रिय छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!