०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

कोरोना नियन्त्रणमा खटिएकालाई दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
काठमाडौँ कोरोना भाइरस कोभिड-१९ नियन्त्रणका लागि फिल्डमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।
बुधवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको हो ।
परिपत्रमा महामारी नियन्त्रणको काममा अग्रपङ्क्तिमा खटिएका सबै राष्ट्र सेवकको मनोबल उच्च पार्न कार्यस्थलमा सुरक्षाको वातावरण निर्माण गर्न भनिएको छ भने सुरक्षामा विशेष चनाखो भएर अवाञ्छित, गैर कानुनी र अभद्र व्यवहार गर्नेहरूलाई तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्न भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]