०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मजदुरलाई दैनिकी जिबन संचालन गर्न जनमोर्चाको अपिल

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी संचार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्नेप मजदुरहरुको जीवन ज्यादा कस्टकर भएको कुरा बताउनु भयो । कोरोना बिश्व ब्यापी संकट भएको र यश प्रकारका संकट लाई मानव समुदाय जित्दै आएको इतिहास छ । यसलाई पनि हामिले जित्ने छौ । त्यसैले हत्तोत्साहित नभएर स्वास्थ्य साबधानीका साथ अगाडी बढ्नु पर्छ अध्यक्ष के सि ले भन्नु भयो । राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा कोरोनाले उत्पन्न संकट र अबको दैनिक जीवन विषयक अनलाइन अन्तर्कृया लाई सम्बोधन गर्दै अध्यक्ष के सि ले उक्त कुरा बताउनु भएको हो । लकडाउन लाई पनि अब परिमार्जन गर्दै जानुपर्छ , परिक्षणको दायरालाइ बढाउनु पर्छ । सरकारले प्रबासी नेपाली नागरिकका समस्या पनि समाधान गर्नु पर्छ र उत्पादनका कामलाइ पनि अगाडी बढाउनु पर्छ भन्ने उहाको भनाइ थियोे । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ने क पा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी , अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय महासचिव राम बहादुर बुढा , अखिल नेपाल युबक संघका केन्द्रिय अध्यक्ष अनिलकिसोर घिमिरे, अखिल छैठौ का केन्द्रिय अध्यक्ष बिमल पोख्रेल , नेपाल कम्युनिस्ट पार्टी नेकपा का जिल्ला सचिबालय सदस्य सुरामणी बेल्बासे, उधोग वाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष हेमराज बन्जाडे, दाङ चेम्बर्स का अध्यक्ष श्रीधर महरा अखिल नेपाल जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष राम बहादुर घर्ती, मुलप्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य त्रिभुवन भट्टराई र महेन्द्र बस्याल , अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण के सि , जापान नेपाली एकता समाजका हेमलाल गौतम , पत्रकार गोबिन्द खड्का, ललिता पोख्रेल , प्रेम सुवेदी लगायले मन्तव्य राख्नु भएको थियोे । जिल्ला सचिब वसन्त पौडेलको संचालनमा भएको कार्यक्रम को विषय प्रवेश जिल्ला अध्यक्ष गणेश आचार्यले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!