२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शनिबार मेघगर्जन चट्याङ सहित वर्षा हुने हिमाली भेगमा हिमपात

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

एबिसी संचार
काठमाडैं जेठ २५ शनिबार बिहान् र दिउँसो प्रदेश १, २, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सु।प र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १, २, र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै राती प्रदेश १, गण्डकी र बागमती प्रदेशमा पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १, गण्डकी र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” (NISARGA) चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ। जसका प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १ , गण्डकी प्रदेश, सुदरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केहि स्थानमा हल्का देखि मध्यम खालको बर्षा र प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ।
महाशाखाले प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सकैलाई सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

error: Content is protected !!