११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत विभिन्न शिवालयहरूमा पूजाआराधना गर्ने ठूलो घुइँचो,

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन ११, २०८३

काठमाडौँ । यस वर्ष साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि काठमाडौँको पशुपतिनाथ लगायत देशभरका विभिन्न शिवालयहरूमा पूजाआराधना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ।

साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिव मन्दिरमा दर्शनका लागि पुगेका छन्। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरेको छ।

साउन ४ गते परेको पहिलो सोमबारको अनुभवलाई हेरेर यसपटक कोषले पशुपति क्षेत्रमा थप व्यवस्थित प्रबन्ध मिलाएको छ। भक्तजनहरूलाई सहज र सुरक्षित रूपमा दर्शन गराउनका लागि मन्दिर प्राङ्गणमा प्राथमिक उपचार लगायतका आवश्यक सुविधाहरू उपलब्ध गराइएको छ।

दर्शन व्यवस्थापनलाई चुस्त बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न सामाजिक सङ्घसंस्थाका स्वयंसेवकहरू परिचालन गरिएका छन्।

कोषका अनुसार मन्दिरका चारै वटा ढोका साँझ ८:०० बजेको आरती नभएसम्म खुला रहनेछन् भने विशेष पूजाको समय बिहान ८:३० देखि मध्याह्न १२:०० बजेसम्म तोकिएको छ।

भक्तजनको आवतजावतलाई सहज बनाउन मन्दिर प्रवेशका लागि चार वटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ, जसका कारण बिहानैदेखि मानिसहरूको उपस्थिति रहे पनि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता घटेको छ।

पशुपतिनाथका अतिरिक्त उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित मक्खन महादेव तथा भक्तपुरको डोलेश्वर लगायत देशभरका साना-ठूला शिव मन्दिरहरूमा पनि बिहानैदेखि पूजाआराधना गर्ने दर्शनार्थीहरूको बाक्लो उपस्थिति रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

काठमाडौँ । यस वर्ष साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि काठमाडौँको पशुपतिनाथ लगायत देशभरका विभिन्न शिवालयहरूमा पूजाआराधना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिव मन्दिरमा दर्शनका लागि पुगेका छन्। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरेको छ। साउन […]

error: Content is protected !!