०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

कैलालीमा सशस्त्र प्रहरीका हाकिमलाई सिपाहीले कुटेर घाइते बनाए

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

एबिसी संचार
अघिल्लो महिना कपिलवस्तुमा डिएसपी मानबहादुर शाही इन्स्पेक्टर भट्टराईबाट पिटिएको कार्वाही नटुङ्गिदै त्यही क्रमको अर्को श्रृंखला देखिएको छ कैलालीमा ।
जेठ २२ गते बिहीबार साँझ साढे आठ बजेतिर कैलालीको भारतीय सीमावर्ती नाका भुइयाफाँटा बिओपीमातहत अस्थायी चेकपोस्ट बड्किपलिघाटमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीहरु आफूआफैँमा कुटाकुट गर्दा एकजना सई र पाँच सिपाही सख्त घाइते भएका हुन् ।
कोरोना संक्रमणका कारण सीमा कडाइ गरिने क्रममा कैलालीका गौरीफन्टा, त्रिनगरसहितका सानातिना नाकामा त्यहाँस्थित बिओपीबाट विभिन्न दर्जाको कमाण्डमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्यसमध्ये सईको कमाण्डमा १२ जनाको टुकडी खटाइएको उक्त नाकामा तैनाथ सशस्त्र कर्मचारीबीच बिदामा गएको बेलाको राशनसमेत खाइदिएको मुध्दालाई लिएर भएको वादविवादपछि बिहीबार झडप भएको थियो ।
आफूहरु छुट्टीमा गएको समयको राशन कमाण्डरका रुपमा रहेका सई रामबहादुर टेर र हवल्दार दौलतसिङ्ह धामीले खाइदिएको भन्दै दुईजना सिपाही जितेन्द्रप्रसाद भट्ट र दिपक बोगटीले बाहिरबाट मापसे गरी फर्केर राति आफ्ना कमाण्डरमाथि भान्छाबाट लखेट्दै दाउराको चिर्पटले हानेको र पोस्ट ड्युटीमा तैनाथ जवानले बोकेको हतियार खोस्न पुगेको आरोप छ ।
सो दिनको घटनामा सहायक हवल्दार हिमाल तारामी मगर,पुरन मगर,शिवराज सुनार,दिपकबहादुर बुढा र चित्रबहादुर थापा पनि घाइते भएका छन् । आक्रमणकारी सिपाहीद्वयले सबलाई भागाभाग बनाएपछि छोटकिपलियाबाट असइ दानसिङ्ह बोहोरा र ३४ नम्बर गण हेडक्वार्टरबाट आएका डिएसपी अम्मरबहादुर ऐरको टोलीले उनीहरुलाई अर्धनग्न अवस्थामा पोस्टपछाडिको झाडी र रोडबाट नियन्त्रणमा लिएको थियो !
सई कराएपछि उनलाई बचाउन अन्य दर्जाका सशस्त्र प्रहरी त्यहाँ पुगे । तर,बचाउन गएकाहरु नै कुटिए ।
त्यसमध्ये आक्रमणकारी दुई सिपाहीले पेस्तोलसहित सईको सुरक्षाका लागि पुगेका अर्का सिपाहीबाट पेस्तोल खोस्न खोजेका थिए । तर, पेस्तोल बोकेका सिपाही भाग्नाले पेस्तोल खोसिएन र थप क्षति हुन पाएन ।
यसबारे छानवीन गर्न सशस्त्र प्रहरी मुख्यालय हलचोकको टोली कैलाली पुगिसकेको छ ।
सरुवा नेताले भनेर हुने, बढुवा पनि त्यतैबाट भनेपछि हुने कारण सशस्त्र प्रहरीभित्र अनुशासनहीनता मौलाएको बताइन्छ सभार जनआस्थाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

काठमाडौं । भारतको कुख्यात कमाठीपुरा रेडलाइट एरियाबाट उद्धार गरिएका १२८ जना नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड सुपरस्टार सुनील सेट्टीको महत्वपूर्ण भूमिका रहेको तथ्य २९ वर्षपछि सार्वजनिक भएको छ। शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार सन् १९९६ फेब्रुअरीमा भारतको महाराष्ट्र प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मारेर ४५६ महिलाको उद्धार गरेको थियो। तीमध्ये सयभन्दा बढी नेपाली महिलाहरू थिए। […]

error: Content is protected !!