२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

कैलालीमा सशस्त्र प्रहरीका हाकिमलाई सिपाहीले कुटेर घाइते बनाए

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

एबिसी संचार
अघिल्लो महिना कपिलवस्तुमा डिएसपी मानबहादुर शाही इन्स्पेक्टर भट्टराईबाट पिटिएको कार्वाही नटुङ्गिदै त्यही क्रमको अर्को श्रृंखला देखिएको छ कैलालीमा ।
जेठ २२ गते बिहीबार साँझ साढे आठ बजेतिर कैलालीको भारतीय सीमावर्ती नाका भुइयाफाँटा बिओपीमातहत अस्थायी चेकपोस्ट बड्किपलिघाटमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीहरु आफूआफैँमा कुटाकुट गर्दा एकजना सई र पाँच सिपाही सख्त घाइते भएका हुन् ।
कोरोना संक्रमणका कारण सीमा कडाइ गरिने क्रममा कैलालीका गौरीफन्टा, त्रिनगरसहितका सानातिना नाकामा त्यहाँस्थित बिओपीबाट विभिन्न दर्जाको कमाण्डमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्यसमध्ये सईको कमाण्डमा १२ जनाको टुकडी खटाइएको उक्त नाकामा तैनाथ सशस्त्र कर्मचारीबीच बिदामा गएको बेलाको राशनसमेत खाइदिएको मुध्दालाई लिएर भएको वादविवादपछि बिहीबार झडप भएको थियो ।
आफूहरु छुट्टीमा गएको समयको राशन कमाण्डरका रुपमा रहेका सई रामबहादुर टेर र हवल्दार दौलतसिङ्ह धामीले खाइदिएको भन्दै दुईजना सिपाही जितेन्द्रप्रसाद भट्ट र दिपक बोगटीले बाहिरबाट मापसे गरी फर्केर राति आफ्ना कमाण्डरमाथि भान्छाबाट लखेट्दै दाउराको चिर्पटले हानेको र पोस्ट ड्युटीमा तैनाथ जवानले बोकेको हतियार खोस्न पुगेको आरोप छ ।
सो दिनको घटनामा सहायक हवल्दार हिमाल तारामी मगर,पुरन मगर,शिवराज सुनार,दिपकबहादुर बुढा र चित्रबहादुर थापा पनि घाइते भएका छन् । आक्रमणकारी सिपाहीद्वयले सबलाई भागाभाग बनाएपछि छोटकिपलियाबाट असइ दानसिङ्ह बोहोरा र ३४ नम्बर गण हेडक्वार्टरबाट आएका डिएसपी अम्मरबहादुर ऐरको टोलीले उनीहरुलाई अर्धनग्न अवस्थामा पोस्टपछाडिको झाडी र रोडबाट नियन्त्रणमा लिएको थियो !
सई कराएपछि उनलाई बचाउन अन्य दर्जाका सशस्त्र प्रहरी त्यहाँ पुगे । तर,बचाउन गएकाहरु नै कुटिए ।
त्यसमध्ये आक्रमणकारी दुई सिपाहीले पेस्तोलसहित सईको सुरक्षाका लागि पुगेका अर्का सिपाहीबाट पेस्तोल खोस्न खोजेका थिए । तर, पेस्तोल बोकेका सिपाही भाग्नाले पेस्तोल खोसिएन र थप क्षति हुन पाएन ।
यसबारे छानवीन गर्न सशस्त्र प्रहरी मुख्यालय हलचोकको टोली कैलाली पुगिसकेको छ ।
सरुवा नेताले भनेर हुने, बढुवा पनि त्यतैबाट भनेपछि हुने कारण सशस्त्र प्रहरीभित्र अनुशासनहीनता मौलाएको बताइन्छ सभार जनआस्थाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!