०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पर्सामा नागरिकता विधेयक बिरुद्ध नेबि संघको प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

राहुल गुप्ता बिरगंज नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपाको निर्णयको विरोधमा वीरगन्जमा नेपाली काङ्ग्रेस आबद्ध ने.बि संघले विरोध प्रदर्शन गरेकाे छ। बिभेदकारी,असक्षम र दमनकारी सरकारले बिभेदकारी नागरिकता विधेक ल्याएर सम्पुर्ण मधेसी जनता माथी पुनः वार गरेको छ।यस्को विरुद्धमा देशब्यापी रुपमा हरेक नागरिक , राजनीतिक दल र संघ-संस्थाले बिरोध गरेकोले आज ने.बि.संघ जिल्ला कार्य समिति पर्साले घन्टाघर नजिक बिहान १० बजे बिभेदकारी नागरिकता बिधेक फिर्ता गर्न दबाब स्वरुप बिरोध प्रदर्सन गरेका छन्।ने.बि.संघ पर्साको कार्यवाहक सभापति बिकेश पटेलको नेतृत्वमा भएको बिरोध प्रदर्सनमा उपाध्यक्ष सन्जिव मिश्रा , सह-सचिव दिपक पटेल ,पर्सागढि नगर सभापति मन्जिव मिश्रा , जिल्ला सदस्य बिट्टु अहेमद , रन्जन राम ,सन्जिव राम ,प्रवना पटेल लगायत विभिन्न विद्यार्थी नेताहरुको उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!