२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पर्सामा नागरिकता विधेयक बिरुद्ध नेबि संघको प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

राहुल गुप्ता बिरगंज नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपाको निर्णयको विरोधमा वीरगन्जमा नेपाली काङ्ग्रेस आबद्ध ने.बि संघले विरोध प्रदर्शन गरेकाे छ। बिभेदकारी,असक्षम र दमनकारी सरकारले बिभेदकारी नागरिकता विधेक ल्याएर सम्पुर्ण मधेसी जनता माथी पुनः वार गरेको छ।यस्को विरुद्धमा देशब्यापी रुपमा हरेक नागरिक , राजनीतिक दल र संघ-संस्थाले बिरोध गरेकोले आज ने.बि.संघ जिल्ला कार्य समिति पर्साले घन्टाघर नजिक बिहान १० बजे बिभेदकारी नागरिकता बिधेक फिर्ता गर्न दबाब स्वरुप बिरोध प्रदर्सन गरेका छन्।ने.बि.संघ पर्साको कार्यवाहक सभापति बिकेश पटेलको नेतृत्वमा भएको बिरोध प्रदर्सनमा उपाध्यक्ष सन्जिव मिश्रा , सह-सचिव दिपक पटेल ,पर्सागढि नगर सभापति मन्जिव मिश्रा , जिल्ला सदस्य बिट्टु अहेमद , रन्जन राम ,सन्जिव राम ,प्रवना पटेल लगायत विभिन्न विद्यार्थी नेताहरुको उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]