२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

लागुऔषधि सहित दुई जना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ १०, २०७७

राहुल गुप्ता
बिरगंज असार १० जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार राति अन्दाजी ९:३० बजे बी.म.न.पा.वडा नं.२ ईदगाहचोक स्थित भारतको रक्सौलतर्फबाट बीरगंज तर्फ आउदै गरेको ना.५० प १२३४ नं.को मो.सा.मा १ कार्टुन अ.रु.४,५१,६००/- बराबरको अवैध औषधी सहित चालक जिल्ला धादिङ नौबिसे घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ मा डेरा गरी बस्ने चन्क बहादुर क्षेत्रीको छोरा वर्ष २८ को कमल क्षेत्री र सोही मोटरसाईकलको पछाडी सवार जिल्ला बाजुरा स्वामी कार्तिक गा.पा.वडा नं. ९ घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं. १६ मा डेरा गरी बस्ने रुपनाथको छोरा वर्ष ३२ को महेन्द्रनाथलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था बिभाग कार्यालय, बीरगंजमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]