११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

लागुऔषधि सहित दुई जना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ १०, २०७७

राहुल गुप्ता
बिरगंज असार १० जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार राति अन्दाजी ९:३० बजे बी.म.न.पा.वडा नं.२ ईदगाहचोक स्थित भारतको रक्सौलतर्फबाट बीरगंज तर्फ आउदै गरेको ना.५० प १२३४ नं.को मो.सा.मा १ कार्टुन अ.रु.४,५१,६००/- बराबरको अवैध औषधी सहित चालक जिल्ला धादिङ नौबिसे घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ मा डेरा गरी बस्ने चन्क बहादुर क्षेत्रीको छोरा वर्ष २८ को कमल क्षेत्री र सोही मोटरसाईकलको पछाडी सवार जिल्ला बाजुरा स्वामी कार्तिक गा.पा.वडा नं. ९ घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं. १६ मा डेरा गरी बस्ने रुपनाथको छोरा वर्ष ३२ को महेन्द्रनाथलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था बिभाग कार्यालय, बीरगंजमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!