०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

नेपालगन्जमा खसी र कुखुरा मासुको मुल्य घटेयो

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

महेन्द्र सिंह बाँकेमा मासुजन्य पदार्थमा चरम मुल्य बृद्धि भएको गुनासो बढ्दै गएको बेला जिल्ला प्रशासन कार्यालय बाँकेले खसी र कुखुराको मासुको मुल्य निर्धारण गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको उपस्थितिमा मासु व्यावसायी तथा उपभोक्ता मञ्च लगायतका प्रतिनिधिहरु सहितको बैठकले अर्को निर्णय नहुँदासम्म खसिको मासु प्रति किलो ८ सय र कुखुराको मासु प्रतिकिलो ३ सय ५० तय गरेको छ ।
बाँकेमा नोबल कोरोना भाईरस (कोभिड-१९) संक्रमणको कारण गरीएको लकडाउनको बाहाना बनाउदै मासु व्यावसायीले खसिको मासु प्रति किलो १ हजार र कुखुराको मासु प्रतिकिलो ४ सय ५० मा बिक्रि बितरण गरेको व्यापक जनगुनासो आएपछि प्रशासनले पुरानै मुल्यमा विक्रिबितरण गर्ने गरी सहमति जुटाएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दिएको जानकारी अनुसार पशुपन्छि व्यावसायी, उपभोक्ता मञ्च, मासु व्यावसायी, पशुज्ञान केन्द्र लगायतको सहभागितामा मासुको मुल्य समायोजनको लागि एक अध्ययन समिति निर्माण गरिएको छ ।
सो अध्ययन समितिले मुल्यको बारेमा अध्ययन प्रतिबेदन नबुझाउदासम्म खसिको मासु प्रति किलो ८ सय र कुखुराको मासु प्रतिकिलो ३ सय ५० मा बिक्रि बितरण गर्नुपर्ने छ । सो मुल्य भन्दा बढीमा बिक्रिगरेको पाईएमा कालोबजारी ऐन अन्तरगत कारवाही गरीने सहमती समेत भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]