१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

बाँकेमा मासुको मुल्य घटेपछि मासु पसलहरु बन्द

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

महेन्द्र सिंह जिल्ला प्रशासन कार्यालय बाँकेले खसी र बोईलर कुखुराको मासुको मुल्य निर्धारण गरे पछि व्यवासायीहरुले मासु बिक्रि गर्न बन्द गरेका छन ।
मासुजन्य पदार्थमा चरम मुल्य बृद्धि भएको गुनासो बढ्दै गएको बेला प्रशासनले मुल्य निर्धारण गरेको भएपनि व्यावासयीले भने मासु बिक्रि गर्न बन्द गरेर प्रशासनको निर्णयको बिरोध जानाएका छन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको उपस्थितिमा मासु व्यावसायी तथा उपभोक्ता मञ्च लगायतका प्रतिनिधिहरु सहितको बैठकले अर्को निर्णय नहुँदासम्म खसिको मासु प्रति किलो ८ सय र बोइलर कुखुराको मासु प्रतिकिलो ३ सय ५० तय गरेको थियो ।
बाँकेमा नोबेल कोरोना भाईरस (कोभिड-१९) संक्रमणको कारण गरीएको लकडाउनको बाहाना बनाउदै मासु व्यावसायीले खसिको मासु प्रति किलो १ हजार र बोइलर कुखुराको मासु प्रतिकिलो ४ सय ५० मा बिक्रि बितरण गरेको व्यापक जनगुनासो आएपछि प्रशासनले पुरानै मुल्यमा विक्रिबितरण गर्ने निर्णय गरेको थियो ।
बाँकेमा खसी र कुखुराको मासुको मुल्य निर्धारण
पशुपन्छि व्यवसायी, उपभोक्ता मञ्च, मासु व्यावसायी र पशुज्ञान केन्द्र लगायतको सहभागितामा मासुको मुल्य समायोजनको लागि एक अध्ययन समिति निर्माण गरिएको छ । सो अध्ययन समितिले मुल्यको बारेमा अध्ययन प्रतिबेदन नबुझाउदासम्म खसिको मासु प्रति किलो ८ सय र बोइलर कुखुराको मासु प्रतिकिलो ३ सय ५० मा बिक्रि बितरण गर्नुपर्ने छ । सो मुल्य भन्दा बढीमा बिक्रिगरेको पाईएमा कालोबजारी ऐन अन्तरगत कारवाही गरीने सहमती समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!