३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

नेपालदेखि भारततर्फ लेजादै गरेको अबैध केराउसहितको ट्रक पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

सागर थापा
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडाबाट लु. १ ख ८९५१ नम्बरको ट्रकमा ५ सय ३० बोरा सेतो केराउ लोड गरिएको अवस्थामा पक्राउ गरिएको थियो ।
विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय पकडी र सीमा प्रहरी चौकी चाकरचौडाको प्रहरी टोलीले सो केराउसहितको ट्रक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकमा करिव १३ लाख २५ हजार मुल्य बराबरको ५ सय ३० बोरा केराउ लोड गरेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएको केराउसहितको ट्रकलाई आजै भन्सार कार्यालय सुठौली पठाइएको छ ।
जिल्लामा भर्खरै सरुवा भइ आएका नयाँ प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति र चोरी तस्करी नियन्त्रणमा आफू सक्रिय भई लाग्ने बताएका छन् । यसका लागि जिल्लामा आफू सबै राजनैतिक दल, जनप्रतिनिधि र नागरिक समाजसँग मिलेर अघि बढ्ने प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!