०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालदेखि भारततर्फ लेजादै गरेको अबैध केराउसहितको ट्रक पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

सागर थापा
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडाबाट लु. १ ख ८९५१ नम्बरको ट्रकमा ५ सय ३० बोरा सेतो केराउ लोड गरिएको अवस्थामा पक्राउ गरिएको थियो ।
विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय पकडी र सीमा प्रहरी चौकी चाकरचौडाको प्रहरी टोलीले सो केराउसहितको ट्रक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकमा करिव १३ लाख २५ हजार मुल्य बराबरको ५ सय ३० बोरा केराउ लोड गरेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएको केराउसहितको ट्रकलाई आजै भन्सार कार्यालय सुठौली पठाइएको छ ।
जिल्लामा भर्खरै सरुवा भइ आएका नयाँ प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति र चोरी तस्करी नियन्त्रणमा आफू सक्रिय भई लाग्ने बताएका छन् । यसका लागि जिल्लामा आफू सबै राजनैतिक दल, जनप्रतिनिधि र नागरिक समाजसँग मिलेर अघि बढ्ने प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!