०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

नेपाल सरकारले स्थानीयतहका १९ जना कर्मचारीहरुको सरुवा

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

एबिसी संचार
काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका १९ जना स्थानीय तहका कर्मचारीको काज सरुवा गरेको छ ।
सम्बन्धित स्थानीय तहको मागअनुशार लोक सेवा आयोगबाट सिफारिस स्थानीय तहका कर्मचारीलाई विहिवार एक सूचना प्रकाशित गरी कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहका कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा नियुक्ती दिएको तर स्थायी दरवन्दी पूर्ति हुँदा सम्बन्धित सथनीय तहमा हाजिर नगराइएका कर्मचारीलाई उनीहरुले पेश गरेको निवेदन, नियुक्तिको छायाँप्रति, सम्बन्धित सथनीय तहमा पदपूर्तिको कारणसहितको सिफारिस र कर्मचारीहरुले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम कामकाम गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहका कर्मचारीलाई सरुवा गर्ने कानूनी प्रावधान नभएपनि मन्त्रालयले भने दोहोरो सहमति भन्दै भटाभट अन्तर जिल्ला सरुवा गर्दै आएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]