११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

नगर प्रमुख शाह द्वारा बहादुरगंजमा नेपाल बैंक लिमिटेड को एक्सटेन्सन काउन्टर उद्घाटन

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

अजय मिश्र, कृष्णनगर ,अषाढ २६
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह द्वारा एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ ।
नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादव ले आएका अतिथि लाई स्वागत मन्तव्य राख्नुभयो ।
प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह ले आफ्नो मन्तव्य राख्दै एक्सटेन्सन काउन्टर बाट बहादुरगंज लगायत अन्य क्षेत्र का जनता लभाम्वित हुने र व्यापारी, व्यवसायी, कृषक समेत सहुलियत कर्जा लिएर आ – आफ्नो व्यापार, व्यवसाय, कृषि फार्म हरू गर्न सक्ने बताउनुभयो ।विशिष्ट अतिथि नेपाल राष्ट्र बैंक भैरहवाका उप निर्देशक शान्ति प्रसाद पाण्डेय ले सर्व सधारण लगायत अन्य लाई सेवा प्रवाह गर्ने उद्देश्यले खोलिएको नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टर को उत्रोतर प्रगतिको कामना गर्दै शुभकामना समेत व्यक्त गरे ।आन्तरिक राजस्व कार्यालय कृष्णनगर प्रमुख पूर्ण प्रसाद न्यौपाने ले सरकारी बैंक हरू राम्रो नरहेको सर्वसाधारण को बुझाइ लाई सबै भन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड ले अहिलेको अवस्थामा त्यस्तो बुझाइ लाई निराधार गरेको कुरा बताउदै राम्रो सेवा सुविधा दिने बैंक मध्ये नेपाल बैंक लिमिटेड पनि अग्र स्थानमा रहेको जिक्र गर्नु भयो ।नेपाल बैंक लिमिटेड प्रदेश नं ५ प्रमुख पसाङ दोर्जि सेर्पा ले (COVID-19) कोरोना भाइरस महामारी ले गर्दा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टर अलि ढिलो भएर खुलेको जिक्र गर्दै काउन्टर खोल्न चालिस प्रतिशत परियोजना हरु बाट सहयोग भएको काउन्टर खोल्न नगर प्रमुख शाहको विशेष पहल रहेको, विभिन्न शिर्षकमा सहुलियत दरमा कर्जा समेत यस बैंक बाट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख ले प्रमुख अतिथि र विशिष्ट अतिथि लाई मायाको चिनो समेत प्रदान गरे ।उक्त उद्घाटन कार्यक्रममा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा का अर्जुन चालिसे,खुशबु शाह लगायत अन्य कर्मचारी हरू रहनुभयो । साथै
व्यापारी, इलाका प्रहरी कार्यालय बहादुरगंज प्रमुख धर्मराज भण्डारी, स्थानीय लगाएत को उपस्थित रहेको थियो। कार्यक्रम संचालन सम्झना ढकाल ले गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!