२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

१ सय ४० वर्ष पुरानो सिक्का पैसा कपिलवस्तु ङ्ग्रहालयलाई हस्तान्तरण

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

एबिसी संचार सकपिलवस्तुको विजयनगर गाउँपालिकामा फेला परेका १ सय ४० वर्ष पुराना सिक्का पैसा कपिलवस्तु सङ्ग्राहलय तिलौराकोटलाई हस्तान्तरण गरिएको छ । मंगलवार कपिलवस्तु सङ्ग्रहालय तिलौराकोटका कर्मचारी शंकर धिताललाई इलाका प्रहरी कार्यालय गणेशपुरले हस्तान्तरण गरेको हो ।
गाउँपालिकाको वडा नं. ७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको ५२ थान चाँदीका मुद्रा र एक थान सुनको जस्तो देखिने पहेँलो धातुको मुद्रा सङ्ग्रहालयलाई बुझाइएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ ।
उक्त सिक्का पैसा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र प्रहरी निरिक्षक मधु नेपालको संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
ती सिक्काहरु सन् १८६० तिरका भारतमा ब्रिटिस शासन रहँदाको बेलाको भएको बताइएको छ ।
गएको जेष्ठ २० गते बाटो खन्ने क्रममा स्थानीय ढोढरी निवासी सन्त कुमार कुर्मी (लालमन)को जग्गामा पैसा फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]