२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एसपी चंन्दको कार्वाही सुरु १० थान अवैध मोटरसाईकलसहित १४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

सागर थापा दाङमा नयाँ एसपी आउन साथ अबैध मोटरसाइकलहरु धमाधम पक्राउ हुदै दाङमा दश थान अवैध मोटरसाईकलसहित १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन (मोर्डिफाई) गरिएका १० थान मोटरसाईकल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् ।
प्रहरीले आइतवार घोराहीमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले बजाज कम्पनीका ७ वटा, केटिएम ड्यूक १ र एक वटा यामहा कम्पनीका मोटरसाईकल पक्राउ गरेको हो । जसमा रा ४ प ५८३२ नम्वरको २२० सिसीको पल्सर, रा २ प ५०४४ को १५० सिसीको पल्सर, लु ४५ प ८४७ नम्परको १५० सिसीको पल्सर र रा ४ प ६०३९ नम्वर २२० सिसीको पल्सर, रा ४ प २४६, लु ४ प ४१११ र एउटा नम्वर नखुलेको मोटरसाईकल पक्राउ गरेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी चन्दले जानकारी दिएका हुन । त्यसैगरी बा ७६ प २९७६ र बा ८५ प ६१५ नम्वरको केटिएम ड्यूक र रा ४ प ६२१९ आर१५ मायाहा कम्पनीको मोटरसाइकलसहित घोराही उपमहानगरपालिका– १३ निवासी १८ बर्षीय संजय परियार, घोराही–१४ का २३ बर्र्षीय समिर सुनार, सोही ठाउँका २१ बर्षीय सुवास कार्की, सोही ठाउँकै ३५ बर्षीय केन्द्रबहादुर डाँगी, घोराही–१६ का २१ बर्षीय सागर हमाल, घोराही–१७ का २३ बर्षीय निरज योगी रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरी लमही नगरपालिका–७ निवासी २५ बर्षीय प्रकाश चौधरी, सोही ठाउँ निवासी २५ बर्षीय पाल्टुराम चौधरी, सोही ठाउँ निवासी २७ बर्षीय हेमन्त गिरी, सोही ठाउँकै २४ बर्षीय धनिराम चौधरी, राजपुर गाउँपालिका–२ बेला निवासी १९ बर्षीय आयोज चौधरी,सोही ठाउँका २२ बर्षीय प्रियतम चौधरी, सोही ठाउँका २७ बर्षीय रविप्रताव यादव र सोही ठाउँका २७ बर्षीय राजकुमार यादवलाई पक्राउ परेको प्रहरी प्रम्ुख चन्दले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भैइरहेको समेत एसपी चन्दले जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!