२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

किर्ते हस्ताक्षर र बहुविवाह रोक्न राष्ट्रिय अनलाइन पत्रकार संघले सक्रिय कदम चाल्ने

Logo
प्रकाशित मंगलबार, साउन ०६, २०७७

एबिसी संचार
बाँके मुलुकमा बढ्दो किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको र बहुविवाहको घटना रोक्न अब राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ ले सक्रिय भूमिका खेल्ने भएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को मंगलबार बसेको बिशेष बैठकले किर्ते हस्ताक्षर र बहुविवाहको बिरूद्द प्रमाण जुटाई सम्बन्धित प्रशासन र जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिई कारवाही अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।
बढ्दो किर्ते हस्ताक्षर र बहुविवाहको घटनाका कारण मुलुकको हित र गलत कार्यको पर्दाफास अभियान अन्तरगत दोषीलाई नेपालको कानुन अनुसार कारवाही गराउन सरोकार निकायमा दर्ता गराउने र सरोकार निकायले पावरको हैसियतमा दर्ता गर्न नमाने वा अानाकानी गरे सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीसमक्ष निवेदन दिई दर्ता गराउने पहल गर्ने राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ निर्णय गरेको छ ।
यस बिषयमा राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ अध्यक्ष उदय सिंह श्रेष्ठ भन्नुहुन्छ “गलत कार्य गर्ने पत्रकार नै किन नहोस, उजुरी दर्ता गराइ कानुनी कारवाहीको लागि पहल गराउन नोजा सक्रिय हुन्छ । किर्ते हस्ताक्षर र बहुविवाहको प्रमाण संकलन कार्य जारी छ । प्रमाण आउनासाथ नोजाले उजुरी दर्ता गर्छ । मुलुकको हित र गलत कार्यको पर्दाफास अभियानमा सम्बन्धित निकायले जिल्लामा उजुरी दर्ता गरिएन भने राजधानीमा धर्ना दिएर भएपनि उजुरी दर्ता गराइ दोषीलाई कारवाही गराउन नोजाले सक्रिय भूमिका खेल्छ ।”
राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को आज बसेको बिशेष बैठकमा विधिवत दर्ता भएका अनलाइनमा कार्यरत पत्रकारहरूलाई सदस्यता वितरण लगायतको निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!