०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ प्रहरीले लागूऔषध अफिम जिप र मोटरसाइकल सहित ४ जना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

सागर थापा
जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी ९६७ ग्राम लागुऔषध अफिमसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष गोप्य सूचनाको आधारमा देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको दक्षिणकाली सोल्टी होटेलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । प्रहरी प्रमुख एसपी चन्दका अनुसार प्रहरीले उनीहरुको साथबाट ६ किलो ९६७ ग्राम अवैध लागुऔषध अफिम नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहरी गाउँपालिका वडा नं. ५ निवासी ३५ बर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका–२ निवासी ३२ बर्षीय लालमन घर्तिमगर, सोही ठाउँ निवासी ३२ बर्षीय हर्कबहादुर घर्तिमगर र सोही ठाउँ निवासी २२ बर्षीय लालसिंह विकलाई पक्राउ गरेको प्रहरी प्रमुख चंन्दले जानकारी दिएका छन् ।
प्रहरीले लागुऔषध अफिमसहित उनीहरुको साथबाट लु १ च ६१७१ नम्वरको सेतो रङको बलेरो जिप,लु ४० प ९८०६ नम्वरको २२० सिसिको पल्सर मोटरसाईकल र विभिन्न कम्पनीका ५ थान मोवाइल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालतबाट लागुऔषध मुद्धामा १० दिनको म्यादथप गरि थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!