०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

अर्को सूचना नआउदासम्म यातायात र आन्तरिक राजस्व बन्द हुने

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

महेन्द्र सिंह बाँके जिल्ला स्तरिय काभिड–१९ व्यवस्थापन केन्द्र, बाँकेको सोमबारको बैठकले आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखा परेकाले अर्को सूचना नआउदासम्म यी कार्यालय बन्द राख्ने निर्णय गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ्गको अध्यक्षतामा बसेको सो केन्द्रको बैठकले यी दुई कार्यालयलाई अर्को सूचना नहुँदासम्म बन्द राख्ने गरी शिल गरिएको हो । यी दुबै कार्यालय अत्याधिक जनसम्पर्क हुने कार्यालय हुन । सो बैठकले कोरोनाको संक्रमण समाप्त भइनसकेकाले सवै पालिकाले आईसोलेसन सेन्टर र क्वारेन्टाईन यथास्थितिमा राख्न आग्रह गर्दै सबै पालिकाले कम्तीमा एउटा २५–२५ बेडको आईसोलेसन सेन्टर र क्वारेन्टाईन राखिराख्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताए । उनले सो बैठकले सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सेनिटाइजर प्रयोग गाराउन प्रचार प्रसार गर्ने निर्णय गरेको छ । प्रहरी प्रशासनदेखि पालिकासम्मलाई यी कार्यमा खटाईने बताए । बैठकले कोभिड–१९ को जोखिम कायमै रहेको कारण जनसम्पर्क बढी हुने तथा सबै सरकारी कार्यालयका प्रमुखलाई पनि स्वास्थ सावधानी अपनाउन निर्देशन दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]