२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

५. नम्बर ब्युरोले १५ किलो चरेससहित ६ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

एबिसी क्राईमबिट
घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क स्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १५ किलो चरेस सहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का २२ बर्षिय आकाश विक, २२ बर्षकै जितकुमार विक, थवाङ गाउँपालिका ५ का ४० बर्षिय कमला घर्ती, परिवर्तन गाउँपालिका ४ का ४५ बर्षिय जुनु बुढा, सल्यान बनगाढ नगरपालिका १२ का २८ बर्षिय डिलबहादुर विक र नेपालगञ्ज उपमहानगरपालिका बाँकेका ४० बर्षिय सन्तोष गुरुङ रहेका छन् ।
५ नम्बर प्रदेश प्रहरी व्यूरोबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । लागु औषध कारोबारीको शैलीमा उनिहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखेर अनुसन्धान र कार्वाही प्रकृया सुरु भएको प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]