०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जथावाभी पार्किङ गरेर राखेका सवारी साधनहरुलाई ह्वील-लक गर्दै एसपी राना र ट्राफिक प्रमुख बम

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

महेन्द्र सिंह
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी राना एवंम जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बम सहित नेपाल प्रहरी र ट्राफिक प्रहरीको एउटा टोली मंगलबार नेपालगन्जको बिपि चोक देखि धम्बोझी चोकसम्म अव्यवस्थित रुपमा पार्किङ गरीएका सवारी साधनलाई कारवाही गर्न सडकमा निस्किएको हो ।
प्रहरीले अव्यवस्थित रुपमा सडकमा पार्किङ गरी राखिएका आधा दर्जन बढी सवारी साधनको टायरमा व्हील लकरको सहायताले ‘लक’ गरी कारवाही गरेको छ ।
सडकमा अव्यवस्थित रुपले जथाभावी पार्किङ गरी राखिएका सवारी साधनले दुर्घटनाको जोखिम निम्तिने हुँदा तथा सहरको सौन्दर्यीकरण पनि कुरुप देखिने हुँदा कारावाही गर्नु परेको एसपी रानाले बताए ।
‘सडकमा ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई व्हील लकरको माध्यमबाट ‘लक’ गरी कानून अनुसार कारवाही गर्न आजबाट बाँके जिल्लामा शुरु गरिएको छ, जिल्लामा यो नयाँ प्रयोग हो । एसपी रानाले भने ।
बाँके जिल्ला ट्राफिक प्रमुख पबिन्द्र बमले नगरका विभिन्न स्थानमा उपमहानगरपालिकासङ्गको समन्वयमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको साधनको लागि छुट्टाछुट्टै पार्किङ स्थल तोकिएको तर सवारी चालकले जथाभावी मनलाग्दी रुपले पार्किङ गरिदिंदा समस्या आएको बताए ।
‘जिल्लामा अहिले पहिलो पटक २० वटा व्हील लकर आएको छ, यसैको सहायताले अव्यवस्थित र ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई ठाउँको ठाउँ कारबाही गरीनेछ, कारवाही स्वरुप ट्राफिक नियम अनुसार ५ सय देखि १५ सय रुपैयाँ सम्म जरीवाना गरीनेछ । ट्राफिक प्रमुख बमले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!