०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

दाङमा युबाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

सागर थापा दाङ घोराही उपमहानगरपालिका को विभिन्न वाडाका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका छ्न । अखिल नेपाल युबक संघ घोराही उपमहानगरपालिका ले एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ प्रबेश गराएको हो । नगर अध्यक्ष डोर बहादुर के सि को अध्यक्षतामा भएको कार्यक्रम मा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले रातो अबिर लगाइ युबाहरुलाइ प्रवेश गराउनु भएको थियोे । प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्य ले युबाहरुको काधमा समाज रुपान्तरण गर्ने जिम्मेवारी भएको ले सधै पार्टीहरुको भोट बैंक र सत्ता प्राप्तिको भर्याङ होइन आफै सचेत र जिम्मेवार भएर लाग्नु पर्ने कुरा बताउनु भयो । प्रबेश गर्नेहरुमा सुमन घर्ती को नेतृत्वमा गोबिन्द जि सि, विशाल गाहा, अरुण गुरुङ, प्रदिप घर्ती,सबिन खनाल,तिलक घर्ती, कुसल के सि , अर्जुन खत्री,रक्तबिज घर्ती, चित्र सिंह पुन, माधब घर्ती, दिल कुमार दसौदी, जीवन बिस्ट, अर्जुन थापा, टोपेन्द्र आग्री लगायत रहनु भएको छ । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ का जिल्ला सचीव तुल्सिराम पन्थीले पनि मन्तव्य राख्नु भएको थियोे । यस्तै अखिल नेपाल युबक संघ जिल्ला सदस्य दिपक रोका घोराही नगर कोषाध्यक्ष दिपक के सि लगायतको उपस्थित रहेको थियोे भने कार्यक्रम को सहजीकरण जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई ले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]