१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

इप्रका प्रहरीले डेढ महिनामा ४८ ट्याक्टरहरु पक्राउ १० लाख बढी राजस्व

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

तेज वली
दाङमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले मात्रै डेढ महिनामा अवैद्य उत्खनन् गर्ने ४८ ट्याक्टर पक्राउ गरेको छ ।
जसबाट १० लाख ६० हजार बढि राजश्व संकलन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार ४१ वटा ट्याक्टर तुलसीपुर उपमहानगरपालिकालाई कारवाहीको लागि जिम्मा लगाएको र सात वटा ट्याक्टर दंगीशरण गाउँपालिकालाई कारवाहीका लागि जिम्मा लगाएको उनको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाले एउटा ट्याक्टरको २५ हजार र दंगीशरण गाउँपालिकाले पाचँ हजारका दरले जरिवाना लिने गरेको छ । उनका अनुसार डेढ महिनामै यति धेरै अबैद्य उत्खनन् गरिएका ट्याक्टर पक्राउ गरिएको उनले बताए । ग्वाँर खोला, बबई, पातुखोलालगायतमा अहिले अवैद्य उत्खनन् भईरहेको छ । जिल्लामा अवैद्य उत्खनन्ले गर्दा समस्या हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

error: Content is protected !!