०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ घोराही बजारको दुई महिनामै उप्किन थाल्यो (कालोपत्रे)

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

खिमराज रिजाल
दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ मा पिच गरेको सडक दुई महिनामै उम्किन थालेको छ ।
घोराहीको ट्राफिक चोकदेखि हस्पीटल रोड, निमाहल रोड हँुदै दुरसंचार जोड्ने सडक खण्डको राधाकृष्ण टोलमा सडक उप्कन थालेको हो ।
नाला निर्माणमा क्रममा भएको गलत डिजाइनका कारण साईमन्दिर टोलको नालाबाट बग्ने पानी बुझिएको हेमपाइपभित्रबाट हाल्दा बिच सडक फुटेर पानी बग्न थालेपछि जेठ महिनामा पिच गरिएको सडक साउन महिनामा उप्किएको हो ।
राधाकृष्ण टोल निवासी समेत रहेका दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशीका अनुसार साई मन्दिर टोलको नाला बनाउने क्रममा बुझिएको र निकास ननिकाली नाला बनाउँदा अहिले नालाको पानी पिच सडकमै आउने गरेको बताएका छन ।
पिच सडकबाटै पानी बग्ने भएपछि प्रदेश सरकारको बजेटमा निर्माण गरिएको उक्त सडकको गणेश मन्दिरदेखि पिपलबोटसम्मको सडकको कालोपत्रे उप्किएर ठाउँ–ठाउँमा खाल्टाखुल्टी पर्न सुरु गरेको छ ।
नाला निर्माणका क्रममा भएको लापरवार्ही कारण घोराही बजारमै सडक उप्कन थालेको हो । सडकमा पानी बग्न थालेको र जसका कारण सडकको कालोपत्रे उप्किन थलोका पटक पटक सम्वन्धीत निकायमा जानकारी गराउँदासम्म कुनै पहल नभएको उपाध्यक्ष जोशीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!