०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

शनिबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम बिभाग

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

एबिसी संचार
काठमाडौं आज देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसन विज्ञान विभागले बताएको छ। उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा पनि भइसकेको छ।
विभागले दिएको जानकारीअनुसार आज बिहानैदेखि देशभर बदली रही केही स्थानमा सामान्य र गण्डकी, प्रदेश नं। ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ। त्यस्तै, शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने विभागले बताएको छ।
प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ। आगामी २४ घण्टा भित्र भारी वर्षाको सम्भावना भएका स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय तथा पहिरो जानसक्ने भएकाले सबैलाई शतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!