०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अपहरण अपराधिक गतिविधि मुद्दाका फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र ०३, २०७७

महेन्द्र सिंह
बाँके नेपालगञ्ज १८ का बराती बढईलाई अपहरण गरी उनको नाममा रहेको जग्गा खाने नियतले फर्जी कागज बनाई अपहरण गरी शरीर बन्धक, अपराधिक लाभ लिन खोज्ने डुडुवा–३ का बब्बु खाँ पठान भन्ने मुस्लिम खाँलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच, नेपालगञ्ज–१२ का राकेश थापाको घरबाट सुनचाँदीका गहना र नगद चोरी गरेर फरार रहेका पंकजकुमार बर्मा पनि पक्राउ परेका छन् ।
नौ वर्षअघि चोरी आरोप लागेका पंकजलाई जिल्ला अदालतले ५ वर्ष ११ महिना ४ दिन कैद र ६१ हजार जरिवाना तोकेको थियो ।
बाँके प्रहरीले पछिल्लो दिनमा फरार अभियुक्त चलाउने अभियान नै चलाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!